१८ माघ २०८२, शनिबार

न्युयोर्कमा लोकतान्त्रिक समाजवादको अभ्यास गरिनेछ


आजबाट नयाँ युगको थालनी भएको छ । आज म तपाईँहरूसामु छु । शपथ ग्रहणको यो पवित्र अवसरमा, तपाईँहरूले ममाथि राखेको विश्वास बोकेर न्युयोर्क सहरको ११२औँ मेयरको रूपमा उभिएको छु । मलाई भलीभाँती थाहा छ, म एक्लै उभिएको छैन ।

आज जनवरीको यस्तो चिसोमा पनि आशाको तातो ज्वाला बोकेर ‘लोअर म्यानहट्टन’ मा भेला हुनुभएका तपाईँ दसौँ हजार जनतासँगै म उभिएको छु ।
म अरू पनि ती अनगिन्ती न्युयोर्कवासीहरूसँगै उभिएको छु, जो साँघुरा भान्सा तथा कपाल काट्ने हजामघरहरूबाट हामीलाई हेरिरहनुभएको छ । लागार्डियामा पार्क गरिएका ट्याक्सी क्याबहरूका ड्यासबोर्डमा राखिएका सेल फोनहरूबाट, मोट हेभनका अस्पतालहरूबाट तथा एल बारियोका पुस्तकालयहरूबाट हेरिरहनुभएको छ । म धेरै अघिदेखि नै बेवास्ता गरिएका आम मानिससँगै उभिएको छु ।
म सदैव तपाईँहरूसँगै उभिन्छु ।

स्टिलको जुत्ता लगाएर अनवरत काममा खटिएका ती निर्माण श्रमिकहरूसँगै उभिन्छु । साथै दिनभरि काम गरेर घुँडा दुखिरहेका हलाल विक्रेताहरूसँगै उभिन्छु ।

सहरमा रहेका वयोवृद्ध दम्पतीलाई खानाको थाली लिएर हिँडेका मेरा छिमेकीहरूदेखि सबवेको भर्‍याङमा अपरिचितहरूका ‘स्ट्रोलर’ उठाउन सघाउँदै गरेकासम्म ती सबैसँग उभिन्छु । जतिसुकै जटिलता सहेर भए पनि न्युयोर्कलाई आफ्नो घर मानिरहेका प्रत्येक व्यक्तिसँग म उभिन्छु ।

म ती १० लाख न्युयोर्कवासीहरू, जसले आजको दिनका लागि मतदान गरे, उनीहरूसँगै उभिन्छु । साथै जसले मलाई भोट गरेनन्, उनीहरूसँग पनि जरुर उभिन्छु । मलाई थाहा छ– हाम्रो सहरमा त्यस्ता मानिसहरू पनि हुनुहुन्छ, जसले यो प्रशासनलाई अविश्वास तथा घृणाकै नजरले समेत हेर्नुहुन्छ । राजनीति नै पुरै खत्तम भयो भन्ने ठान्नुहुन्छ ।
मलाई थाहा छ, सार्थक कामले मात्रै बुझाइमा परिवर्तन ल्याउन सक्छ । म तपाईँहरूसामु सार्थक कामको प्रतिज्ञा गर्छु । प्रिय न्युयोर्कवासीहरू, म तपाईँहरूको मेयर हुँ । तपाईँ मसँग सहमत हुनुहोस् वा नहुनुहोस्, निःसन्देह म तपाईँको रक्षा गर्नेछु । तपाईँहरूसँगै रमाउनेछु । दुःखमा पनि तपाईँहरूसँगै हुनेछु । कहिल्यै पनि, कुनै पनि क्षण तपाईँहरूबाट हराउने वा भाग्ने छैन ।

आज यहाँ उपस्थित श्रमिकहरू तथा आन्दोलनका नेताहरू सबैलाई धन्यवाद भन्न चाहन्छु । आजको समारोह सकिनासाथ फेरि आफ्नो सङ्घर्षमा फर्किनुहुने कार्यकर्ता तथा निर्वाचित अधिकारीहरू सबैप्रति आभार व्यक्त गर्न चाहन्छु । साथै आफ्नो प्रतिभाद्वारा आजको कार्यक्रमलाई भव्य बनाउन सघाउने कलाकारहरूप्रति पनि धन्यवाद भन्न चाहन्छु ।

हामीसँग सामेल हुनुभएकोमा गभर्नर होचुललाई धन्यवाद छ । साथै मेयर एडम्सलाई पनि उपस्थितिका लागि धन्यवाद । उहाँ न्युयोर्क सहरमा भाँडा माझ्नेदेखि थालेर सहरको सर्वोच्च पदमा पुग्नुभएको हो । उहाँ र मेरो बीचमा धेरै विषयमा असहमतिहरू छन् । तथापि उहाँले मलाई मेयरको उम्मेदवारका रूपमा छनोट गर्नुभयो, म उहाँबाट सधैँ प्रभावित हुनेछु । म कृतज्ञ हुनेछु ।

हाम्रो कार्यक्रमको उद्घाटन वक्ता नेडिया भेलाकवेज तथा अलेक्जान्ड्रिया ओकासियो–कर्टेज जस्ता दुई होनहार व्यक्तिहरू, जसको सभासद्का रूपमा मैले कंग्रेसमा प्रतिनिधित्व गर्ने अवसर पाएको छु, उहाँहरूले आजको दिन ल्याउनका लागि सहजीकरण गर्नुभएको थियो । उहाँहरूलाई धेरै–धेरै धन्यवाद !

र, अर्को एउटा यस्तो व्यक्तित्व हुनुहुन्छ, म उहाँको नेतृत्वको अनुकरण गर्न सबैभन्दा बढी प्रयास गर्छु । जसलाई आज शपथ ग्रहण गर्ने अवसरमा पाउँदा म असाध्यै आभारी छु । ती व्यक्ति अर्थात् सिनेटर बर्नी स्यान्डर्सलाई म धेरै–धेरै धन्यवाद भन्न चाहन्छु ।

निर्वाचनका दौरान विभिन्न सभाहरू, अभियानहरू तथा निर्वाचन पश्चात् अहिलेसम्मको सङ्क्रमणको अवधिमा हामीसँग रहनुहुने सबै हाम्रो टोलीलाई धन्यवाद छ । साथै अबको मेरो न्युयोर्कको कार्यकाल सञ्चालनको सहयात्री टिमलाई पनि धन्यवाद भन्न चाहन्छु । यो टिमलाई सिटी हलबाट नेतृत्व गर्न म धेरै उत्साहित छु ।

हामीलाई राम्रोसँग थाहा छ, विगतमा पटक–पटक ठुला सम्भावना बोकेका क्षणहरू साँघुरो कल्पनाशिलता तथा न्यून महत्त्वाकाङ्क्षामै गएर टुंगिएका छन् । वाचा गरिएको कुरा कहिल्यै लागु गरिएन । गर्न सकिने परिवर्तन पनि थाती नै रह्यो ।
मलाई हुर्काउने, यो संसारमा कसरी रहने भनेर सिकाउने तथा यो सहरमा ल्याउनुहुने मेरा आमाबालाई पनि धन्यवाद भन्न चाहन्छु । कम्पालादेखि दिल्लीसम्मका मेरा परिवारहरूलाई पनि धन्यवाद छ । मेरो सबैभन्दा मिल्ने साथी बनेर मलाई दैनिक जीवन व्यवहारमा प्रत्येक सन्दर्भमा सौन्दर्य प्रदान गर्ने मेरी श्रीमती रमालाई पनि धन्यवाद छ ।

र, सबैभन्दा धेरै त समस्त न्युयोर्कवासीहरूलाई धन्यवाद छ ।

यस्ता क्षणहरू बिरलै आउँछन् । रूपान्तरण तथा आफैँलाई पुनः आविष्कार गर्ने यस्तो मौका हामी बिरलै पाउने गर्छौं । परिवर्तनको अवसर आफ्नै हातमा आएका मानिसहरू त अझै दुर्लभ हुन्छन् । हामी त्यही दुर्लभ अवसरसामु उभिएका छौँ ।

हामीलाई राम्रोसँग थाहा छ, विगतमा पटक–पटक ठुला सम्भावना बोकेका क्षणहरू साँघुरो कल्पनाशिलता तथा न्यून महत्त्वाकाङ्क्षामै गएर टुंगिएका छन् । वाचा गरिएको कुरा कहिल्यै लागु गरिएन । गर्न सकिने परिवर्तन पनि थाती नै रह्यो । फेर्न सकिने कुराहरू पनि फेरिएनन् । आफ्नो सहरको पुनर्निर्माण हेर्न उत्सुकतापूर्वक नियालिरहेका न्युयोर्कवासीहरूका लागि केवल बोझ मात्रै बढिरह्यो । आशासहितको प्रतीक्षा अझै लम्बिँदै गयो, जुन आज पर्यन्त जारी छ ।

आजको दिनमा मैले यो सम्बोधन लेख्दै गर्दा मलाई विभिन्न सुझावहरू आएका थिए । अहिले अपेक्षाहरू पुनर्स्थापित गर्ने अवसर हो भनिएको थियो । यो अवसरमा मैले हाम्रो सहरका मानिसहरूलाई सकेसम्म थोरै माग्न वा कम आशा गर्न प्रोत्साहित गर्नुपर्छ भनिएको थियो । म त्यसमा विल्कुल असहमत छु । म हाम्रा अपेक्षा र सपनाहरूको न्यूनीकरण गर्ने काम गर्दिनँ । मैले गर्न खोजेको नै हाम्रा केवल साना अपेक्षा र सपनाहरूलाई स्थापित गर्न मेहनत गर्नु हो ।

हामी आजैदेखि थालेर हिम्मतसहित फैलिँदै शासन गर्नेछौँ । हामी आफ्ना प्रत्येक कदममा सफल नहुन सक्छौँ । तर हाम्रो प्रयासहरू जारी रहनेछन् । कसैले पनि हामीलाई कोसिस गर्ने हिम्मत नभएकाहरू भन्ने आरोप लगाउने मौका पाउने छैनन् ।

ठुला सरकारहरूको युग समाप्त भएको भन्नेहरूलाई म भन्न चाहन्छु, तपाईँहरू कान खोलेर सुन्नुहोस् । अब सिटी हल (महानगर कार्यालय) ले न्युयोर्कवासीहरूको जीवन सुधार गर्नका लागि आफ्नो सबै अधिकार र शक्ति प्रयोग गर्न अलिकति पनि हिचकिचाउने छैन ।

लामो समयदेखि हामीलाई ठुला–ठुला काम भन्नासाथ त्यस्तो त निजी क्षेत्रले मात्रै गर्न सक्छ भन्ने र बुझिने बानी पारिएको छ । सार्वजनिक जिम्मेवारी तथा जनताको सेवा गर्नेहरूबाट भने उही औसत काम हुन्छ भन्ने मान्ने भएका छौँ । सरकारको भूमिकामाथि प्रश्न उठाउने कसैलाई पनि म दोष दिन्नँ । लोकतन्त्रप्रति उहाँहरूमा दशकौँदेखि कायम रहेको उदासीनताले क्षयीकरण गराएको हो यो सबै । हामी फरक बाटोमा हिँडेर उहाँहरूले गुमाएको विश्वास पुनर्स्थापित गर्नेछौँ । मानिसहरूले आफूलाई चाहिने सहयोगका लागि केवल सरकारलाई अन्तिम विकल्प मात्रै ठान्ने छैनन् । सङ्घर्षरत मानिसहरूको अन्तिम सहारा मात्रै हुनेछैन । सरकारी सेवामा उच्च गुणस्तर भन्ने कुरा केवल अपवाद हुनेछैन, दैनिक रूपमा देखिने सामान्य व्यवहारको विषय हुनेछ ।

हामी सर्वसाधारणहरूबाट मात्रै राम्रो परिणामको अपेक्षा गर्ने बानी परेका छौँ । मसला मिलाएर हाल्नुपर्ने कुकहरूबाट, ब्रोडवे स्टेजमा पैदल हिँड्नेहरूबाट वा म्याडिसन स्क्वायर गार्डेनका चौकीदार जस्ता मानिसहरूबाट मात्रै राम्रो कामको अपेक्षा गर्छौं । अब हामी सरकारमा काम गर्नेहरूबाट पनि राम्रो कामको माग गरौँ । हाम्रो सहरका प्रत्येक गल्लीको नाम औद्योगिक नवप्रवर्तनका इतिहाससँग जोडिएका छन् । अब हाम्रो महानगरको कार्यालय अर्थात् ‘सिटी हल’ भन्ने शब्दलाई पनि सङ्कल्प र परिणाम दुवैको पर्यायवाची बनाऊँ ।

सन् १९९० मा डेभिड डिंकिन्सले पनि यसै ठाउँमा उभिएर यस्तै शपथ लिएका थिए । उनले सबै नागरिकको सहभागितामा न्युयोर्कको विविधतापूर्ण इन्द्रेणी समाजलाई सशक्त बनाउने भनेका थिए । सबैलाई सभ्य जीवनको अधिकार हुने उल्लेख गरेका थिए ।
प्रत्येक पुस्ताले एउटा पुरानै कुरा दोहोर्‍याउने गरेको छ– न्युयोर्क सहर कसको हो ? आजबाट आफ्नो काम थाल्दै गर्दा हामी प्रत्येक पुस्तालाई सोध्ने गरिएको त्यो पुरानो प्रश्नको नयाँ उत्तर दिऊँ ।

हाम्रो इतिहासमा सबैजसो समय महानगरले दिने गरेको सजिलो जवाफ छ– यो सहर केवल धनीहरूको हो । सत्तामा रहेकाहरूसँग पहुँच र प्रभाव राख्न सक्नेहरूको हो । आफ्नो आवाज सुनाउन नसक्ने वा आफ्ना समस्यामा ध्यानाकर्षण गराउन नसक्ने आम मान्छेहरूको होइन ।

त्यस्तो जवाफले कस्तो परिणाम ल्यायो भन्ने श्रमिक वर्गका मानिसहरूले राम्रैसँग भोगेका छन् । विद्यालयका कक्षाकोठाहरू भद्रगोल एवं भीडभाडले भरिएका छन् । सार्वजनिक आवास परियोजनाले बनाएका घरहरू यति लापरवाहीपूर्ण छन्, जसमा लिफ्टले समेत काम गर्दैन । सडकमा जताततै खाल्डाखुल्डी छन् । सार्वजनिक बस उपलब्ध छैनन् । भएका पनि निर्धारित समय भन्दा आधा घण्टा ढिलो आइपुग्छन् । कामदारको ज्याला बढ्दैन । ठुला कम्पनीहरू (निगमहरू) ले उपभोक्ता तथा कर्मचारी एवं कामदार सबैलाई ठगिरहेका छन् ।

यसमा कहिल्यै परिवर्तन गरिएन । भएका मामुली प्रयासहरू पनि लामो समय टिक्नै सकेनन् । आजभन्दा बाह्र वर्ष पहिले बिल डे ब्लासियोले अहिले म उभिएकै ठाउँमा उभिएर हाम्रो सहरलाई दुई भागमा विभाजित गरिरहेको ‘आर्थिक तथा सामाजिक असमानताहरूको अन्त्य गर्ने’ प्रतिज्ञा गरेका थिए ।

सन् १९९० मा डेभिड डिंकिन्सले पनि यसै ठाउँमा उभिएर यस्तै शपथ लिएका थिए । उनले सबै नागरिकको सहभागितामा न्युयोर्कको विविधतापूर्ण इन्द्रेणी समाजलाई सशक्त बनाउने भनेका थिए । सबैलाई सभ्य जीवनको अधिकार हुने उल्लेख गरेका थिए ।
अझ उहाँभन्दा पनि छ दशक पहिले फियोरेलो ला गार्डियाले यहीँबाट सपथ लिँदै भोकाएका तथा गरिबहरूका लागि ‘विशाल र सुन्दर’ न्युयोर्क सहर निर्माण गर्ने लक्ष्यका साथ आफ्नो पदभार ग्रहण गरेका थिए ।

यस्तो प्रतिज्ञा गर्ने मेयरहरू केही मात्रै अन्य मेयरहरू भन्दा बढी सफल भए । त्यसरी सफल हुनेहरूका केही विश्वासहरू साझा थिए । उनीहरू न्युयोर्क सहर केवल केही विशेषाधिकार प्राप्त व्यक्तिहरूको मात्रै होइन भन्ने मान्थे । हाम्रा सबवेहरू सञ्चालन गरिरहेका, पार्कहरूको रेखदेख गरिरहेका, हामीलाई बिरयानी र मासु तयार गरिदिने, हाम्रा लागि खानेकुरा लगायत धेरै आवश्यक वस्तुहरू तयार गरिरहेका सबैको हो भन्ने ठान्थे । धेरै दुःख गर्नेहरूको पक्षमा बढी काम गर्‍यो भने सफल भइन्छ भन्ने उनीहरूलाई विश्वास थियो ।

आगामी दिनमा मेरो प्रशासनले त्यही विरासतलाई जगाउनेछ । सुरक्षा, दैनन्दिन जीवनयापनमा सहजता तथा प्रशस्तताको एजेन्डा लागु गर्नेछ । हाम्रो सरकार हामीले प्रतिनिधित्व गर्ने मानिसहरू जस्तै देखिनेछ । त्यसै गरी चल्नेछ । कर्पोरेट लोभ विरुद्धको लडाइँमा एक इन्च पनि डगमगाउने छैन । धेरै जटिल ठानिएका चुनौतीहरूसँग जुध्न पनि डराउने छैन ।

त्यो बाटोबाट ‘न्युयोर्क कसको हो ?’ भन्ने पुरानो प्रश्नलाई हाम्रो आफ्नै जवाफ दिनेछौँ । मेरा साथीहरू, हामी मडिबा तथा दक्षिण अफ्रिकी स्वतन्त्रताको बडापत्रलाई हेर्न सक्छौँ । अर्थात् ‘न्युयोर्क यहाँ बस्ने सबैको हो ।’

हामी सबै मिलेर हाम्रो सहरको नयाँ कथा भन्नेछौँ ।

त्यो कथा केवल १ प्रतिशतले शासन गर्ने कुनै एउटा सहरको कथा हुनेछैन । ‘धनी भर्सेस गरिब’ भएको दुईटा सहरको कथा पनि हुनेछैन ।

त्यो कथा ८५ लाख सहरहरूको हुनेछ । ती सहरहरू आशा र त्रास बोकेर बसेका प्रत्येक न्युयोर्कवासी हुनेछन् । ती सबै आफैँमा एउटा ब्रह्माण्ड हुन् । प्रत्येकलाई एकसाथ बुनिनेछ ।

ती कथाका लेखकहरूले पश्तो, मन्दारिन, यिद्दिस र तथा क्रियोल भाषामा बोल्नेछन् । उनीहरू मस्जिद, शुल, चर्च, गुरुद्वारा तथा मन्दिरहरूमा प्रार्थना गर्नेछन् । प्रार्थना नै नगर्ने धेरै मानिसहरू पनि हुनेछन् ।

तिनीहरू ब्राइटन बिचमा रहेका रुसी यहुदी आप्रवासीहरू, रसभिलमा रहेका इटालियनहरू तथा वुडहेभनमा रहेका आइरिस परिवारहरू हुनेछन् । उनीहरू केवल राम्रो जीवनको आशा लिएर यहाँ आएका थिए । त्यस्तो आशा विस्तारै हराउँदै गएको छ । तिनीहरू साँघुरो मार्बल हिलका तथा सबवे रेलले भित्ता हल्लाउने अपार्टमेन्टहरूमा बस्ने युवाहरू हुनेछन् । तिनीहरू सेन्ट अल्बान्स निवासी अफ्रिकी मूलका मानिसहरू हुनेछन्, जसले बनाएका घरहरू वर्षौंसम्म कम तलबमा काम गर्दै तथा विविध बहिष्करण झेलेर कडा परिश्रमले हासिल गरेको सफलताको प्रमाणका रूपमा हाम्रा सामु खडा छन् । आफूलाई सार्वभौम दाबी गर्ने राजनीतिले समेत ख्याल नगरेका प्यालेस्टाइनी मूलका न्युयोर्कवासीहरू हुनेछन् ।

अब न्युयोर्कवासीहरू लामो समयदेखि तोडमोड गरिएको सम्पत्ति कर प्रणालीमा सुधार गर्नेछन् । न्युयोर्कवासीहरूले समुदायको सुरक्षाको नयाँ विभाग स्थापना गर्नेछन् । त्यसले मानसिक स्वास्थ्यको सङ्कटलाई सम्बोधन गर्नेछ ।
यी ८५ लाखमध्ये थोरै सहरका कथा मात्रै सफा र सजिलो भाँडोमा अटाउनेछन् । धेरै जसो त हिलसाइड एभिन्यू वा फोर्डह्याम रोडका मतदाताहरू हुनेछन्, जसले मलाई मतदान गर्नुभन्दा एक वर्ष अगाडि राष्ट्रपति ट्रम्पलाई समर्थन गरेका थिए । जो आफ्नै पार्टीको संस्थापन पक्षको रवैयाले दिक्दार भएका छन् । बहुमतको दम्भ बोकेकाहरू हामीले सोचेजस्तो कुरा गर्दैनन् । म परिवर्तनलाई स्वागत गर्नेछु । लामो समयदेखि कथित सभ्यताको शिष्टाचारयुक्त भाषा बोल्नेहरूले क्रूरताको एजेन्डा ढाकछोप गर्न भाषिक सजावट प्रयोग गरेका छन् भन्ने हामीले बुझेकै छौँ ।

त्यस्ता धेरै मानिसहरूलाई हाल विद्यमान एवं स्थापित व्यवस्थाले धोका दिएको छ । तर हाम्रो प्रशासनमा भने उनीहरूका आवश्यकता सम्बोधन हुनेछन् । उनीहरूका अपेक्षा, सपना र सरोकारहरू पारदर्शी रूपमा सरकारमा प्रतिबिम्बित हुनेछन् । तिनीहरूले नै हाम्रो भविष्यको बाटो तय गर्नेछन् ।

धेरै समयदेखि जनसमुदायहरू आपसमा अलग्याइएका छन् । हामी उनीहरूलाई एक अर्कासँग नजिक ल्याउनेछौँ । हामी व्यक्तिवादको क्रुर ठन्डीलाई सामूहिकताको न्यानोले बढारिदिनेछौँ ।

हाम्रो अभियानमा देखिएको न्युयोर्कवासीहरूको एकताको चाहनालाई सरकारले बढावा दिनुपर्छ । तपाईँ के खानुहुन्छ ? कुन भाषा बोल्नुहुन्छ ? कसरी प्रार्थना गर्नुहुन्छ ? वा कहाँबाट आउनुभएको हो भन्ने कुराले केही फरक पार्दैन । हामी जस्तोसुकै भए पनि हामी साझा परिभाषामा बाँधिन सक्छौँ । अर्थात् हामी ‘न्युयोर्कवासी’ हौँ ।

अब न्युयोर्कवासीहरू लामो समयदेखि तोडमोड गरिएको सम्पत्ति कर प्रणालीमा सुधार गर्नेछन् । न्युयोर्कवासीहरूले समुदायको सुरक्षाको नयाँ विभाग स्थापना गर्नेछन् । त्यसले मानसिक स्वास्थ्यको सङ्कटलाई सम्बोधन गर्नेछ । साथै प्रहरीलाई उनीहरूले तोकेको काममा ध्यान केन्द्रित गर्न लगाउनेछ । घरजग्गा भाडामा लिनेहरूमाथि दुर्व्यवहार गर्ने खराब घरधनीहरूलाई कारबाही गर्नेछन् । साना व्यवसाय चलाएर बसेकाहरूमाथि थोपरिएका फुलिएको प्रशासनिक एवं प्रक्रियागत बन्धनहरू हटाउनेछन् । यही अभियानमा लागेका न्युयोर्कवासीहरू मध्ये एक भएकोमा मलाई गौरव लाग्छ ।

हामीले गत जुन महिनामा ‘प्राइमरी चुनाव’ जित्दा धेरैले यस्ता आशा र आशामुखीहरू कहाँबाट आए भन्ने थाहा नभएको भनेका थिए । कसैले थाहै नपाएको ठाउँ धेरैले थाहा पाइरहेको ठाउँ हुन्छ । यो आन्दोलन ८५ लाख मानिसहरूले थाहा पाएको वास्तविक ठाउँबाटै आएको हो । ट्याक्सी क्याब डिपो, अमेजनका गोदाम, ‘डेमोक्र्याटिक सोसलिस्ट अफ अमेरिका’ का बैठक तथा कर्बसाइडका डोमिनो खेलहरूबाट निस्किएको हो ।

शक्तिमा भएकाहरूले धेरै समयसम्म यस्ता ठाउँलाई बेवास्ता गरिरहेका थिए । उनीहरूका लागि यी ठाउँहरू ‘नो ह्वेयर’ अर्थात् कहीँ पनि थिएनन् । हाम्रो सहरमा कुनै ‘नो ह्वेयर’ छैन । कोही ‘नोबडी’ छैन । हाम्रो सहरका सबै कुनामा शक्ति छ । जताततै न्युयोर्क छ । न्युयोर्कवासीहरू मात्रै छन् ।

यो त्यही सहर हो, जहाँ म यिनै प्रवेशद्वार बाहिर भोक हडतालमा बसेको छु । ‘एट्लान्टिक एभिन्यू’ पश्चात् रोकिएको ‘एन’ रेलको होहल्लामा फसेर बुबाले आएर उद्धार गर्ने प्रतीक्षामा डराउँदै बसेको छु ।
अब ८५ लाख न्युयोर्कवासीहरू नयाँ युगको अस्तित्व बोल्नेछन् । उनीहरू ठुलो स्वरमा बोल्नेछन् । फरक स्वरमा बोल्नेछन् । हाम्रो न्युयोर्क हामीले माया गर्ने गरेको आफ्नै न्युयोर्क जस्तै हुनेछ ।

तपाईँ यहाँ पुस्तौँदेखि बसेको होस् वा भर्खरैबाट बस्न थालेको नयाँ पालुवा किन नहोस् । तपाईँले यो सहरलाई घर भन्न थालेको जति समय भएको भए तापनि त्यही घरकै मायाले तपाईँको जीवन तय गरेको छ । मलाई थाहा छ, मेरो जीवन पनि त्यसैले तय गरेको हो ।

यो त्यही सहर हो, जहाँ म १२ वर्षको हुँदा आफ्नो रेजर स्कुटर तीव्र गतिमा दौडाउँदै घुम्थेँ । मैले यही सहरमा पढेको हुँ । यहीँका गल्लीमा खेलेको हुँ । यहीँ खाएको र हुर्केको हुँ । मेरा जीवनका सबै मीठा नमीठा सम्झना यही सहरसँग जोडिएका छन् ।

यो त्यही सहर हो, जहाँ म यिनै प्रवेशद्वार बाहिर भोक हडतालमा बसेको छु । ‘एट्लान्टिक एभिन्यू’ पश्चात् रोकिएको ‘एन’ रेलको होहल्लामा फसेर बुबाले आएर उद्धार गर्ने प्रतीक्षामा डराउँदै बसेको छु ।

यही सहरको म्याककरेन पार्कमा मेरो पहिलो ‘डेटिङ’ मा सुन्दर महिला रमासँग गएको हुँ । यही सहरकै पर्ल स्ट्रिटमा मैले अमेरिकी नागरिक बन्ने सपथ खाएको हुँ ।

न्युयोर्कमा बस्नु तथा यसलाई माया गर्नु भनेको हामीले साँच्चै गज्जबको अनुभव गर्न पाउनु हो । यहाँ एउटै ब्लकमा तपाईँले स्टिलप्यान सङ्गीत सुन्न सक्नुहुन्छ । त्यहीँ सान्कोचोको सुगन्ध लिन पाउनुहुन्छ । ९ डलरमा कफीको मजा लिन सक्नुहुन्छ । म जस्तो मुस्लिमको छोराछोरीले हरेक आइतबार ‘ब्यागेल’ र ‘लक्स’ खाएर हुर्कन पनि पाउँछौँ ।

न्युयोर्कप्रतिको हाम्रो यही माया नै हाम्रा एजेन्डाहरूको भावी मार्गदर्शक हुनेछ । इतिहासमा ‘न्यु डिल’ जन्माएको यही सहरमा हामी यहाँका विशाल स्रोत साधनहरू यही सहरलाई आफ्नो घर ठान्ने आम श्रमिक मानिसहरूसमक्ष पुर्‍याउनेछौँ । हामी प्रत्येक न्युयोर्कवासीलाई एक पटक फेरि उनीहरूलाई मनपर्ने जीवन बाँच्न सक्ने बनाउनेछौँ । त्यति मात्रै नभएर हामी धेरैलाई अहिले सताइरहेको एक्लोपनलाई पराजित गर्नेछौँ । यो सहरका सबै मानिसहरूलाई आपसमा जोड्नेछौँ ।

बालबच्चा हुर्काउन लाग्ने खर्चको बोझले कुनै पनि नौजवानले आफ्नो घरगृहस्थी सुरु गर्न हच्किनुपर्ने छैन । हामी मुठ्ठीभरका धनाढ्यहरूलाई कर लगाएर आम मानिसलाई ‘युनिभर्सल चाइल्ड केयर’ उपलब्ध गराउनेछौँ ।

भाडाको घरहरूमा बस्नेहरू कहिले भाडा बढ्ला भन्दै डराएर बस्नु पर्दैन । अब हामी भाडा निश्चित गर्नेछौँ । बसमा चढ्दा भाडा बढ्ने चिन्ता गर्दै वा समयमै गन्तव्यमा पुगिन्छ कि पुगिन्न भनेर अब चिन्ता गर्ने दिन सकिनेछन् । हामी बसहरूलाई छिटो मात्रै होइन निःशुल्क पनि बनाउँछौँ ।

यसरी निःशुल्क गर्नु भनेको केवल लागतहरू कम गर्नु वा हटाउनु मात्रै होइन । यसको मुख्य सम्बन्ध हामीले बाँच्ने जीवनको स्वतन्त्रतासँग छ । हाम्रो सहरमा धेरै लामो समयदेखि स्वतन्त्रता केवल त्यसलाई खरिद गर्न सक्नेहरूका लागि मात्र हो भन्ने थियो । हाम्रो कार्यालयले अब यसलाई फेरिदिनेछ ।

हामी यस्तै वाचाहरूमा उभिएको हाम्रो आन्दोलनबाट महानगरसम्म आइपुगेका हौँ । अब यिनैले हामीलाई अभियानको क्रममा हाम्रा जुलुसको नाराबाट राजनीतिमा नयाँ युगको यथार्थतर्फ लैजानेछन् ।

दुई हप्ताअघि हिउँ परिरहेको बेला मैले एस्टोरियाको मुभिङ इमेज सङ्ग्रहालयमा १२ घण्टा बिताएको थिएँ । त्यहाँ मैले हरेक क्षेत्रका न्युयोर्कवासीले उनीहरूको आफ्नो सहरको कथा भनेको सुन्न पाएँ ।

हामीले ‘भान विक एक्सप्रेसवे’ मा दैनिक कामको अवधिका कुरा गर्‍यौं । ‘इलेक्ट्रोनिक बेनिफिट ट्रान्सफर’ का लागि योग्य हुन चाहिने प्रावधानबारे कुरा गर्‍यौँ । कलाकारहरूका लागि सुलभ आवासको चर्चा गर्‍यौँ । ‘आईसीई’ ले निरन्तर छापा मारिरहेको बारेमा छलफल गर्‍यौँ । मैले टीजे नामका एक जना व्यक्तिसँग कुरा गरेँ, उनले अब जति मिहिनेत र परिश्रम गर्दा पनि आफूहरू अगाडि बढ्नै नसक्ने थाहा पाएर असाध्यै मन भाँच्चिएको अनुभूति सुनाए ।

मैले समिना नामक एउटी पाकिस्तानी काकीसँग पनि कुरा गरेँ । उनले हाम्रो आन्दोलनले मानिसहरूमा दुर्लभ हुँदै गएको ‘कोमलता’ बढाउन थालेको अनुभूति सुनाइन् । उनले मलाई उर्दूमै सुनाएकी थिइन्, ‘लोगोँ के दिल बदल गए है ।’

लोकतन्त्र नै किन्न सकिन्छ भनेर सोच्ने खर्बपति तथा कुलीनहरूको साटो हामी सबै आम न्युयोर्कवासीहरूप्रति जवाफदेही हुनेछौँ ।
साढे आठ लाखमध्ये हामी जम्मा एक सय बयालीस जना न्युयोर्कवासी मात्रै हाम्रो टिममा छौँ । तर हामीले प्रतिनिधित्व गर्ने हाम्रो साझा मान्यता र आकाङ्क्षाले सिङ्गै न्युयोर्कको प्रतिनिधित्व गर्छ । त्यो हो– नयाँ राजनीति तथा सत्ता र शक्तिबारे नयाँ दृष्टिकोणको माग ।

हामी यो सहरलाई पहिले भन्दा धेरै मानिसहरूलाई अपनत्व बोध गराउनका लागि हरेक दिन काम गर्नेछौँ । प्रत्येक दिन केही नयाँ दिने प्रयास गर्नेछौँ ।

आज बिहान मेरो पछाडिको भवनमा पदभार ग्रहण गरेको प्रशासनबाट तपाईँले के अपेक्षा गर्नुपर्छ भन्ने कुरा यहाँ छ । हामी हाम्रो महानगरपालिकाको संस्कृतिलाई ‘हुन्न’ भन्नेबाट ‘कसरी गरौँ ?’ भन्ने संस्कृतिमा रूपान्तरण गर्नेछौँ ।

लोकतन्त्र नै किन्न सकिन्छ भनेर सोच्ने खर्बपति तथा कुलीनहरूको साटो हामी सबै आम न्युयोर्कवासीहरूप्रति जवाफदेही हुनेछौँ ।

हामी मान्छेलाई लज्जित वा त्रसित हुनु नपर्ने ढङ्गले शासन गर्नेछौँ । हाम्रा आफ्ना विश्वासहरूकै आधारमा हामीले कसैसँग माफी माग्नुपर्ने छैन । म एउटा लोकतान्त्रिक समाजवादीका रूपमा निर्वाचित भएको हुँ । म लोकतान्त्रिक समाजवादीकै रूपमा शासन सञ्चालन गर्नेछु । मलाई कसैले कट्टरपन्थी भन्ला भन्ने डरले आफ्नो सिद्धान्त त्याग्ने छैन । भर्मन्ट प्रान्तका महान् सिनेटर बर्नी स्यान्डर्सले एक पटक भनेका थिए, ‘मुठ्ठीभर मानिसहरूलाई धेरै दिने तथा धेरै मानिसहरूलाई जीवनका आधारभूत आवश्यकता पनि उपलब्ध नगराउने प्रणाली नै खासमा कट्टरपन्थी शासन व्यवस्था हो ।’ त्यसैले हामी कट्टरपन्थी होइनौँ । बरु हामी समाजमा व्याप्त पुरानो कट्टरपन्थी सोचलाई विस्तारै बदल्ने छौँ ।

कुनै पनि न्युयोर्कवासी आधारभूत आवश्यकतामध्ये कुनै पनि एउटा तत्त्वबाट वञ्चित हुन नपरोस्, हाम्रो प्रत्येक दिनको प्रयास त्यही हुनेछ ।

मैले अन्त्य गर्नु अघि, म तपाईँहरू सबैलाई, यदि तपाईँ सक्षम हुनुहुन्छ भने, चाहे तपाईँ आज यहाँ हुनुहुन्छ वा जहाँ पनि हेर्दै हुनुहुन्छ, मेरो साथ उभिन अनुरोध गर्न चाहन्छु । यो न्युयोर्कका लागि, न्युयोर्कवासीद्वारा चलाइने, न्युयोर्कको सरकार हो ।

हामी तपाईँहरूलाई अबका दिनमा हामीसँगै उभिन अनुरोध गर्छौं । हाम्रो कार्यालय आफैँले कहिलेकाहीँ सबै काम गर्न सक्षम नहुन पनि सक्छ । हामी तपाईँहरूलाई थप माग गर्न प्रोत्साहित गरिरहनेछौँ । तपाईँहरूका मागले नै हामीलाई सघाउने हो ।

गत १ वर्षदेखि थालिएको हाम्रो आन्दोलन चुनावसँगै सकिँदैन । आजको दिउँसोबाट सकिँदैन । आउने दिनमा हामीले सँगै लड्ने प्रत्येक लडाइँमा जिउँदै रहनेछ । हामीले सामना गर्ने हरेक आँधी, तुफान, हिमपात, बाढी वा जुनसुकै आर्थिक चुनौतीलाई हामीसँगै उभिएर सामना गर्नेछौँ । वित्तीय चुनौतीका हरेक परिस्थितिलाई खर्च कटौतीले होइन हाम्रो आर्थिक महत्त्वाकाङ्क्षाले पार लगाउनेछौँ । हामी कामदार वर्गमा लाग्ने खर्चको चिन्ता गरेर होइन उनीहरूका चासो र सरोकार पुरा गर्ने अभियानमा लागेर सँगै हिँड्नेछौँ ।

हामी प्रमाणित गरौँ– जब कुनै सहर जनताको हुन्छ, कुनै पनि बिरामीलाई स्वस्थ बन्नका लागि धेरै बिरामी भइरहनु पर्दैन । कोही पनि एक्लो छैन, जसले न्युयोर्कलाई आफ्नो घर जस्तो महसुस नगरोस् ।
हाम्रा लागि यो जित अन्तिम होइन । यसलाई अब सबथोक भयो भन्ने अर्थमा लिनेछैनौँ । हामी आफ्नो विजयलाई सहज रूपमा बुझ्नेछौँः जनताको जीवनमा परिवर्तन गर्ने शक्तिका रूपमा लिनेछौँ । हामीले प्रत्येक दिन केही न केही पहल गरिरहनुपर्छ भन्ने अर्थमा लिनेछौँ ।

हामीले हासिल गरेका हरेक कुरा न्युयोर्कका सबै कुनामा पुग्नेछन् । त्यसको सन्देश त्योभन्दा बाहिर पनि प्रतिध्वनित हुनेछ । हामीलाई धेरै मानिसहरूले नियालिरहेका हुनेछन् । उनीहरू वामपन्थीहरू शासन गर्न जान्दछन् कि जान्दैनन् भनेर हेरिरहेका हुनेछन् । उनीहरू आफूले झेलिरहेको जीवन र गरिरहेको सङ्घर्षको समाधान छ कि छैन भन्ने बुझ्न आतुर छन् । उनीहरू आफूले आशा बोकेर हिँड्नु ठीक हो कि होइन भन्ने जान्न चाहन्छन् ।

त्यसैले, हाम्रो पछाडि उद्देश्यको हावासँगै उभिएर, हामी त्यस्तो केही गर्नेछौँ जुन न्युयोर्कवासीहरूले अरू कसै भन्दा राम्रो भएको महसुस गर्नेछन् । हामी संसारका लागि उदाहरण स्थापित गर्नेछौँ । यदि सिनात्राले भनेको कुरा सत्य हो भने, हामी प्रमाणित गरौँ– जो कोहीले पनि न्युयोर्कमा र अन्यत्र पनि जनताका लागि काम गर्न सक्छन् ।

हामी प्रमाणित गरौँ– जब कुनै सहर जनताको हुन्छ, कुनै पनि बिरामीलाई स्वस्थ बन्नका लागि धेरै बिरामी भइरहनु पर्दैन । कोही पनि एक्लो छैन, जसले न्युयोर्कलाई आफ्नो घर जस्तो महसुस नगरोस् ।

हामी आफ्नो लक्ष्यको प्रवाहमा हेलिँदै यस्तो काम गर्ने प्रयत्न गर्नेछौँ, जुन आजको दिनमा हामीले नै गर्नुपर्नेछ– त्यो हो संसारका लागि उदाहरण ।

आउनुस् ! हामी जब कुनै सहर जनताको हुन्छ, जस्तोसुकै आवश्यकता पुरा हुन सक्छन् भन्ने प्रमाणित गर्नतर्फ लागौँ । स्वस्थ बन्न कसैले पनि असाध्यै बिरामी बनिरहनु पर्दैन भन्ने प्रमाणित गरौँ । न्युयोर्क यस्तो घर हुनेछ जहाँ कसैले पनि एक्लो अनुभव गर्नुपर्दैन भन्ने प्रमाणित गरौँ ।

हाम्रा कामहरू जारी रहनेछन् ।

हाम्रा कामहरू टिक्नेछन् ।

मेरा साथीहरू ! अहिले त हाम्रो काम सुरु मात्रै भएको छ है ।

(निर्वाचित भएर न्युयोर्क सहरको मेयर बनेपछि पुस १७ गते ममदानीले शपथ लिए, त्यसै अवसरमा दिएको मन्तव्यको सम्पादित अंश)

(ज्याकोबिनबाट)