३० चैत्र २०८२, सोमबार ०७:४६
उपसभामुख रुबीकुमारी ठाकुरले पदभार ग्रहण गरेकी छन् । सोमबार सिंहदरबार स्थित कार्यकक्षमा पुगेर उनले पदभार सम्हालेकी हुन् । पदभार ग्रहणपश्चात उपसभामुख ठाकुरले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग शिष्टाचार भेट गरेकी छन् । गत २७ गते उपसभामुखको निर्वाचन भएको थियो । निर्वाचनमा...
३० चैत्र २०८२, सोमबार ०७:४३
सभामुख डोलप्रसाद (डीपी) अर्याल पूर्वसभामुखहरूसँग छलफलमा जुटेका छन् । उनले आइतबार पूर्वसभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटघाट गरे । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवहरूको आदान–प्रदान, संघीय संसदको प्रभावकारी सञ्चालन, विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा विचारविमर्श...
२४ चैत्र २०८२, मंगलवार १६:०४
सरकारले विश्व बैंकको साढे ८ करोड अमेरिकी डलर (करिब साढे १२ अर्ब रुपैयाँ) बराबरको ऋण स्वीकृत गर्ने निर्णय गरेसँगै ‘ग्रेटर लुम्बिनी’ परियोजना कार्यान्वयनमा जाने निश्चित भएको छ । मन्त्रिपरिषद्को आज (मंगलबार) बसेको बैठकका निर्णयहरूमध्ये पहिलो नम्बरमा यही ऋण स्वीकृत गर्ने...
२४ चैत्र २०८२, मंगलवार १५:५१
प्रधानमन्त्री (पीएम) कप एक दिवसीय क्रिकेटअन्तर्गत मधेश प्रदेशविरुद्धको खेलमा अम्पायरको निर्णयमा असन्तुष्टि जनाएपछि लुम्बिनीका कप्तान देव खनालले एक खेलको प्रतिबन्ध बेहोरे । खेलको आठौं ओभरको अन्तिम बलमा रूपेश सिंहको बलमा अपर कटको प्रयास गरेका देवलाई विकेटकिपरको क्याचपछि आउट दिइएको थियो...
२४ चैत्र २०८२, मंगलवार ११:५३
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले विकास सीमावर्ती क्षेत्रमा केन्द्रित गर्नुपर्ने आफ्नो मान्यता रहेको बताएका छन् । उत्तर पश्चिम सिमानाको दार्चुला पुगेर साम्पाङले पारी भारतले धमाधम विकास गर्दा वारी नेपाली भूभाग भने उपेक्षामा परेको भन्दै राष्ट्रियता बलियो बनाउन सीमा...
२४ चैत्र २०८२, मंगलवार ११:४५
त्रिभुवन विमानस्थलमा अटोमेटेड एक्स्टर्नल डिफिब्रिलेटर (एईडी) उपकरण जडान गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार वडा नं. ९ मा पर्ने विमानस्थलमा सार्वजनिक स्थानमै पहिलो पटक यस्तो उपकरण राखिएको हो । वडाध्यक्ष रामजी भण्डारीका अनुसार एईडी आकस्मिक हृदयघात वा मुटुको धड्कन अचानक...
१७ चैत्र २०८२, मंगलवार ०६:३२
वासिङ्टन डिसी । इरानसँग चल्दै गरेको भीषण युद्धका बिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप सैन्य कदम चाल्ने तयारी गरेका छन्। यसै सिलसिलामा अमेरिकी सेनाको प्रख्यात ‘८२ औँ एयरबर्न डिभिजन’ का हजारौँ सैनिकहरू पश्चिम एसिया पुग्न थालेका छन्। रोयटर्सले दुई जना...
१७ चैत्र २०८२, मंगलवार ०६:१४
काठमाडौँ । कास्कीको लिचि बगान घुस प्रकरणमा मुछिएका पूर्वमन्त्रीद्वय राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ । पूर्वमन्त्रीद्वयको भ्रष्टाचार मुद्दा मंगलबार सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी...
१५ चैत्र २०८२, आईतवार ०७:००
अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेका जनवर्गीय संगठनहरूले आज देशैभर जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउँदैछन् । यसैबीच ललितपुर जिल्ला प्रशासन कार्यालयमा र्याली सहित एमालेका कार्यकर्ताहरू पुगेका छन् । उनीहरू अहिले ओली पक्राउको विरोधमा जिल्ला प्रशासन कार्यालय अगाडि...