२६ आश्विन २०८३, सोमबार १४:२२
सर्मिला रोकाया,बाजुरा परम्परागत बालीको संरक्षण मात्रै होइन, त्यसको गुणस्तर सुधार गर्दै स्थानीय उत्पादन र उत्पादकत्वलाई नयाँ पहिचान दिने प्रयासमा जुटेका छन् बाजुराका कृषक । बाजुराको बुढीनन्दा नगरपालिका–९ काँधका कृषक स्थानीय चोतोको सहभागितामुलक बालि प्रजननमा आधरित जातीय सुधार र गुणस्तरीय बीउ...
२६ आश्विन २०८३, सोमबार ०२:१७
काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन सोमबार भारत प्रस्थान गरेका छन्। मंगलबारदेखि भारतको नयाँ दिल्लीमा सुरु हुने बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) को बैठकमा सात सदस्य राष्ट्रका गृहमन्त्री सहभागी हुनेछन्।...
२६ आश्विन २०८३, सोमबार ०२:०१
काठमाडौँ –पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ स्थित गलौंदीमा भासिएको सडक खण्डमा मर्मतसम्भार गर्न सोमबार राति ११ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले सोमबार सार्वजनिक सूचना जारी गर्दै उक्त अवधिमा सडक बन्द...
२६ आश्विन २०८३, सोमबार ०१:४६
जेनेभा –पूर्वी अफ्रिकी देश जिबुटीको तट नजिकै ३०० भन्दा बढी आप्रवासी सवार डुङ्गा पल्टिँदा बालबालिकासहित कम्तीमा १३९ जनाको मृत्यु भएको छ। दुर्घटनामा ८० जनाभन्दा बढीको जीवितै उद्धार गरिएको छ भने ८४ जना अझै बेपत्ता छन्। अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) का...
२६ आश्विन २०८३, सोमबार ०१:१५
गोरखा – बूढीगण्डकी नदीले पैदलमार्ग कटान गरेपछि गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित जगत र सल्लेरी गाउँको आवतजावत ठप्प भएको छ। नदीले दुवै गाउँ जोड्ने बाटोका साथै गाउँबाट तल र गाउँपालिका केन्द्र फिलिमतर्फ जाने पैदलमार्गसमेत बगाएपछि स्थानीय सम्पर्कविहीनजस्तै अवस्थामा पुगेका छन्। जगतबाट करिब...
२६ आश्विन २०८३, सोमबार ०१:१४
जुबाल्यान्ड – तीन वर्षीया बिरामी छोरीको ज्यान जोगाउन सोमालियाकी एक आमा लगातार तीन दिनसम्म करिब ९० किलोमिटर पैदल हिँडेर अस्पताल पुगेकी छन्। दुर्गम गाउँमा स्वास्थ्य उपचारको सुविधा नपाएपछि हलिमा अब्दुल्लाही इब्राहिम छोरी आसो हसन अब्दीलाई काखमा बोकेर किस्मायो रिफरल अस्पताल पुगेकी...
२५ आश्विन २०८३, आईतवार १२:४९
जाजरकोट- जाजरकोटमा प्रस्तावित ४१७ मेगावाट क्षमताको नलगाड जलाशययुक्त जलविद्युत् आयोजना विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको दुई वर्ष बितिसक्दा पनि निर्माण चरणमा प्रवेश गर्न सकेको छैन। आवश्यक लगानीको स्रोत सुनिश्चित नहुँदा अर्बौँ रुपैयाँ लागतको आयोजना अघि बढ्न नसकेको हो। नलगाड नदीमा...
२५ आश्विन २०८३, आईतवार १२:३४
मुस्ताङ –बेनी–जोमसोम सडक पुनः सञ्चालनमा आएसँगै चीनबाट आयात गरिएका सामान बोकेका १७३ वटा कन्टेनर मुस्ताङबाट गन्तव्यतर्फ प्रस्थान गरेका छन्। ती कन्टेनर पोखरा, काठमाडौंलगायतका सहरतर्फ गएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सन्तोष बस्यालका अनुसार सडक अवरुद्ध हुँदा...
२५ आश्विन २०८३, आईतवार १२:२३
जुम्ला – जुम्ला सदरमुकाम खलंगास्थित प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा घटस्थापनाको अवसरमा नयाँ लिंगो ठड्याइएको छ। परम्पराअनुसार चन्दननाथ मन्दिरमा ५२ हाते र भैरवनाथ मन्दिरमा ४८ हाते लिंगो राखिएको हो। हरेक वर्ष घटस्थापनाका दिन लिंगो फेर्ने चलनअनुसार यस वर्ष पनि उक्त परम्परालाई...
२२ आश्विन २०८३, बिहीबार १२:५१
बागलुङ — ताराखोला गाउँपालिकाले पहिरोमा परी ज्यान गुमाएका तीन जनाका परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँका दरले राहत उपलब्ध गराएको छ। गाउँकार्यपालिकाको निर्णयअनुसार गाउँपालिका अध्यक्ष धनबहादुर विकसहित प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षलगायतको टोली पीडित परिवारको घरमै पुगेर राहत रकम हस्तान्तरण गरेको हो।...