६ मंसिर २०८१, बिहीबार

बाजुरामा असिनापानीको वितण्डता, बालि नाली सखाप, पशु वस्तुमा क्षेति, सडक आवत जावत वन्द


सर्मिला रोकाया बाजुरा 

मंगलवार साझँ परेको असिना पानीले बाजुराका किसानको बाली नालीमा ठूलो क्षेती पुरयाएको छ । हावा हुरीसँगै परेको तीन घण्टाको असिना पानीले लेकाली क्षेत्रमा किसानको पाक्न लागेको अन्नवालीमा क्षेती पुर्याएको हो । भित्र्याउने बेलाको गहँुबाली, हुर्कदै गरेको तरकारी खेती र फुल्दै गरेको फलफुल खेतीमा नोक्सान पारेको कृषकले बताएका छन । असिना पानीले लेखाली भेगमा भित्र्याउदै गरेको गहँु र जौ बालीमा ठुलो नोक्सान पारेको बुढीनन्दा नगरपालिकाका तीनका स्थानिय धनराज बोहराले बताउनुभएको छ ।

किसानले वर्षभरी खानका लागि लगाएको बालीनाली पाकेर भित्र्याउने बेला सखाप पारे पछि खाद्य सङकट्को समस्या निम्तीएको उहाँले बताउनुभयो । असिनापानीले विशेष गरि बुढिनन्दा नगरपालिका वडा नम्बर ३ र ४ को घोडाकोट ताडी लगायतका ठाउँमा बालिनालीमा क्षेती पुर्याएको बोहराले बताउनुभयो । सिँचाई सुविधा नभएको पाखो जमिनमा लगायको अन्नबाली असिनापानीले बगाए पछि परिवार पाल्न सकस भएको स्थानीय चित्र रोकायाले बताउनुभयो ।

वर्षभरी खाने अन्नबाली असिनापानीले नष्ट पारे पछि एक छाक टार्न समेत समस्या भएको बताउनुभयो । उहाँले स्थानियका लागि अन्य कुनै आयआर्जनको स्रोत नभएको बताउदै हिउदको छ महिनाका लागि पुग्ने अन्नपात नोक्सान भए पछि पेट पाल्नै सकस भएको बताउनुभयो । अन्नबाली भन्दा पनि पशु बस्तुलाई खुवाउने घाँस र जौ गहुँको नल समेत सखाप भएको बताउनुभयो ।

वडा नं चार चम्लायाका स्थानिय प्रजीते रोकायाले जीउलोमा पाकेर पहँेलपुर भएको जौ र गहँुको अवस्था देख्दा मन जलेको बताउनुभयो । उहाँले चम्लायाका १८ परिवारको क्षेति भएको बालि नालीको कुरा गरेर साद्दे नभएको बताउदै जीउलोमा सिस्नो समेत नरहेको बताउनुभयो ।

ताडी र घोडाकोटका १ सय ११ परिवारले लगाएको गहुँ, जौ लगायतका हिउँदे अन्नबाली, तरकारी खेती र फलफुल खेती नोक्सान भएको वडा नम्बर चारका वडा अध्यक्ष जुलफे रोकायाले बताउनुभयो । उहाँले स्थानियको प्रमुख आय श्रोत भनेकै अन्नबाली तरकारी र फलफुल खेती भए पनि असिनापानीले नोक्सान पारे पछि किसानमा खाद्य सङ्कटको समस्या निम्तिएको बताउनुभयो । उहाँले यसका लागि स्थानिय, प्रदेश र केन्द्रीय सरकार सङ्ग राहतको समेत आग्रह गर्नभएको छ । असिनापानीले स्थानियको गहुँ र जौ बाली खेतबारिमै नोक्सान पारेको छ भने फलफुल झारेको र हुर्किदै गरेको आलु बारिमै सखाप पारेको छ ।

त्यस्तै असिनापानीले वडा ३ को सिराडी जिउलो बगर बनाएको छ । जिउलो माथी काटिएको सडकबाट आएको पहिरोले जिउलो बगर बनेको हो । त्यस्तै बड्डिगाड बिद्युतको नहर बगाए पछि विद्युत सेवा पनि अवरुद्ध भएको नगर प्रबक्ता जंगवीर रोकायाले बताउनुभयो । बड्डाला र सिराडिको खेती योग्य जमिनमा लगायको तरकारी खेति, अन्नबालीमा समेत क्षेति भएको कृषि प्राविधिक मालती सिंहले बताउनुभयो ।

बुढीनन्दा नगरपालिका वडा न ३ दुन्नागोठमा कर्ण बिटालाको २ वटा बाख्रा घाडिखोलाले बगाएको र अहिले सम्म नभेटिएको उहाँले बताउनुभयो । ७५ वटा बाख्रा खोलामा तार्दातार्दै २ वटा बगेका र अन्य जोगिन सफल भएका बिटालाले बताउनुभयो । सोही वडाका जयबिर बोहराको एउटा भेडा १ मरेको र ७ वटा वेपत्ता भएका प्रहरीले जनाएको छ । कोइराकाँडा पाटनमा असिनापानी र बर्षाले भेडा मरेका हुन । बुढिनन्दा चारका श्याम रोकायाका ४ वटा भेडा मरेका वडा न ४ का वडा अध्यक्ष रोकायाले जानकारी दिनुभयो ।

असिना पानीले कोल्टी मार्तडी सडक खण्ड पनि अवरुद्ध भएको छ । सडक खण्डको ठाउँ ठाउँमा आएको खोलानालाले स्थानियका वस्ती जोखिम बनेका छन भने सडक भासिँए पछि गाडी आवत जावतमा समस्या भएको छ । खहरे खोलामा आएको वाढीले स्यालकाटियाँ, चाटा वगर, विर्सैन खोला र सास्ता लगायतका ठाउँमा पहिरो खसेर वस्ति संगै सडक पनि क्षेतविच्छेद बनेको छ ।

वुधवार स्थलगत अध्ययनका लागि गएको नगर उपप्रमुख रामबहादुर बोहरा नेतृत्वको अनुगमन टोलिमा नगर प्रबक्ता जंगवीर रोकाया, वडा नम्बर चारका वडा अध्यक्ष जुलफे रोकाया, नगर प्रमुखका स्वकिय सचिव केशर बोहरा, पत्रकार जीवन कैला, प्रहरी सहायक निरीक्षक अमर बहादुर खड्का, कृषि प्राविधिक मालती सिंह लगायतको टोलिले क्षेति भएको ठाउँको अवस्था वुझि विवरण संकलन गरेको छ ।

इलाका प्रहरी कार्यलय कोल्टीका प्रहरी सहायक निरीक्षक खड्काले सबै क्षेतीको आंकलन गर्ने हो भने अनुमानित लाखौँ मूल्य बराबरको क्षेती भएको बताउनुभयो । उहाँले मुचुल्का तयार भै नसकेकाले अहिले क्षेतीको विवरण एकिन गर्न नसकिए पनी ठूलो मात्रामा क्षेती भएको बताउनुभयो ।

विहवार बाटै क्षेतीको मुचुल्का बनाउने कार्य सुरु हुने भएकाले सम्बन्धीत वडाका पाँच जना साँचिको नागरिकताको फोटोकपी, सम्बन्धित ब्यक्तिको क्षेती भएको वस्तुको फोटो सहित सम्बन्धित ब्यक्तिको नाम, निवेदन र जगाको छेत्रफल आवश्यक पर्ने बताउनुभयो । उँहाले आवश्यक कागजात सहित स्थानियलाई मुचुल्काका लागी इलाका प्रहरी कार्यालय कोल्टीमा आउन आग्रह गर्नुभयो ।

अनुगमनका क्रममा नगर प्रबक्ता रोकायाले क्षेती भएका स्थानियको तत्काल विवरण सङ्कलन गरि राहत बितरण गरिने बताउनुभयो । उहाँले किसानले वर्षभरी खानका लागि लगाएको बालीनालीमा नोक्सान भए पछि खाद्य सङ्कटको चिन्ता थपिएको बताउनुभयो । प्राकृतिक प्रकोपले किसानलाई ठूलो हानी नोक्सानी पुर्याएको बताउँदै किसानलाई आलो घाउमा मलम लगाउन नगरपालिकाबाट क्षेतिको अवस्था अनुसार राहात वितरण गरिने बताउनुभयो ।

उपप्रमुख बोहराले असिना पानीले किसानको खाने बेलाको बालीमा क्षेती पुर्याकोमा दुख ब्यक्त गर्नुभयो । क्षेती मात्रै सङकलन हुन्छ, राहत पाइदैन भन्ने जनताको गुनासोमा उहाँले अब विगतका जस्तो किसानले राहत नपाउने प्रवृती नदिहोरिने बताउनुभयो । वास्तविक क्षेती भएका किसानले राहत पाउन भन्ने उदेश्यले अहिले आफै क्षेती ब्यहोरेका किसानको घरदैलोमा पुगेको बताउनुभयो ।

उहाँले तत्काल किसानलाई राहात दिलाउनका लागी नगरपालिकामा जनता सङ्ग उपप्रमुख कार्यक्रम पनि संचालन गरिने बताउनुभयो । क्षेती भएका किसानको प्रहरीबाट मुचुल्का तयार भय पश्चात् तत्काल राहत वितरण हुने उहाँले बताउनुभयो ।