२८ मंसिर २०८२, शनिबार

मुख्यमन्त्री सोनल र २ जनाले बिनाविभागीय मन्त्रीकाे शपथ लिए


धनुषा । मधेस प्रदेशमा मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’ र २ मन्त्रीले आज शपथ लिने भएका छन् ।  मुख्यमन्त्री सोनलसँगै महेश यादव र गणेश पटेलले विनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका हुन् ।

सोनल बुधबार मुख्यमन्त्रीमा  नियुक्त भएका थिए ।

निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहलाई शपथग्रहण कार्यक्रममा निम्तो गरिएको छैन भन्ने अडकलका बिच उनी सपथ ग्रहणमा उपस्थित भए, तर उनको पार्टी तटस्थ रहने घोषणा गरेको छ।