२२ मंसिर २०८२, आईतवार

संवाद फाउण्डेशन, बाराद्वारा ठूलो दशैं विशेष कार्यक्रम सम्पन्न


बारा । संवाद फाउण्डेशन, बाराले ठूलो दशैंको अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको सुरुवात शुभकामना आदान–प्रदान र नयाँ सदस्यहरूको स्वागतसँगै गरिएको थियो। साथै Gen–G का बहादुर युवाहरूको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो।

कार्यक्रमको सञ्चालन किशन कुशवाहाले गरेका थिए। कार्यक्रममा सभा अध्यक्ष विकास बाबु पटेल तथा मुख्य अतिथि अधिवक्ता डा. सुशील साहको उपस्थितिसहित अधिवक्ता राजेन्द्र सहनी, रामबाबु कुशवाहा, राजन प्रसाद कुर्मी, धनसुन्दर प्रसाद पटेल र नेपाल उद्योग वाणिज्य संघ, बाराका महासचिव अतिथि रहेका थिए।

कार्यक्रमका वक्ताहरूले नेपाल–भारतको साझा संस्कृति र बोली–भाषाको रूपमा हिन्दीको महत्व बारेमा जोड दिँदै भारतको ‘Neighbour First Policy’ तथा नेपाल–भारतबीचको विकास सहयोगका विषयमा पनि छलफल गरे।

दशैंको आशिषका साथ सम्पन्न कार्यक्रममा एकता, सकारात्मकता र साझा परम्परालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो ।