– नबिन कुमार साह – जनस्वास्थ्यकर्मी
मधेश प्रदेशको खस्किदो शैक्षिक अवस्था: विद्यार्थी, शिक्षक र अध्ययन संस्था को कमजोरी, प्रादेशिक र स्थानीय सरकारको लापरवाही ।
मधेश प्रदेशको शैक्षिक अवस्था हाल अत्यन्तै गम्भीर संकटमा पुगेको छ। यहाँका विद्यार्थी, शिक्षक र निजी तथा सरकारी अध्ययन संस्थाहरूको अवस्था दयनीय बनेको छ। प्रदेशका शैक्षिक प्रणालीमा अचेतन सुधारको अभाव, स्रोत र साधनको कमी, र योजनाबद्ध सुधारका अभावले यहाँका विद्यालयहरू र शिक्षकलाई संघर्ष गर्न बाध्य बनाएको छ।
शिक्षा क्षेत्रको सुधारका लागि सरकारको दायित्व रहेको भए पनि, प्रादेशिक र स्थानीय सरकारका निकायहरूले यसमा खासै चासो नदिएको देखिन्छ। सरकारी विद्यालयहरूको अवस्थाको दृषटिकोन र प्राविधिक सुधारका प्रयासमा गम्भीर कमजोरी देखिन्छ। यी निकायहरू समग्र शैक्षिक परिप्रेक्ष्यमा सही दिशा दिन असमर्थ छन्, जसका कारण विद्यार्थीहरूको शैक्षिक स्तरमा गिरावट आएको छ।
शिक्षकहरूको योग्यता र कदर पनि एक ठूलो चिन्ता बन्न पुगेको छ। शिक्षकहरूको पेशागत विकासमा अपर्याप्त ध्यान दिइएको र असमान अवसरहरूले यहाँका शिक्षकोंको मनोबल घटाएका छन्। शिक्षकहरूको कमी र शिक्षा सामग्रीको अभावका कारण विद्यार्थिहरूका लागि गुणस्तरीय शिक्षा प्राप्त गर्न निकै कठिन भएको छ।
यसका अतिरिक्त, निजी अध्ययन संस्थाहरूको एक प्रमुख समस्या भनेको शिक्षा क्षेत्रमा व्यावसायिक दृष्टिकोणले काम गर्नु हो, जसले गर्दा विद्यार्थिहरूको वास्तविक विकासमा अवरोध पुर्याएको छ। त्यस्तै, केही विद्यालयहरूको प्रशासनिक कमजोरी र गुणस्तरीय शिक्षकहरूको अभावले पनि अध्ययनमा खस्को ल्याएको छ।
यो सबै सन्दर्भमा, डा. भीमराव आंबेडकरको भनाइलाई पुनः स्मरण गर्नुपर्छ कि “शिक्षा नै मानिसको सर्वश्रेष्ठ हक हो र यसको माध्यमबाट मात्र समाजमा समानता ल्याउन सकिन्छ।” उनले भनेका थिए कि एकपटक मानिस शिक्षित भएपछि, उनी केवल नेताहरूको भाटो मात्र बन्ने होइन, आफ्नो समाजको वास्तविक परिवर्तनका लागि काम गर्नेछन्। यद्यपि, अहिलेको अवस्था त्यसको ठीक उल्टो देखिन्छ। शैक्षिक क्षेत्रको वास्तविक सुधारका लागि द्रुत र सशक्त कदम चाल्नु अति आवश्यक छ।
यस क्रममा, स्थानीय सरकार र प्रदेश सरकारले एकआपसमा मिलेर शिक्षा क्षेत्रको गुणस्तर सुधार्न र शिक्षकहरूको प्रशिक्षणमा ध्यान दिनु अत्यन्त आवश्यक छ। शिक्षा प्रणालीको सुधारले मात्रै यहाँका विद्यार्थिहरूलाई उज्जवल भविष्यको आशा दिन सक्छ र समाजमा वास्तविक परिवर्तन ल्याउन सक्छ।