=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026

संविधान मान्दिनँ भन्दा मलाई राजद्रोहको मुद्दा लाग्यो, अहिले त्यस्तो हुँदैन: गगन थापा


नेपाली कांग्रेसका सांसद गगन थापाले संविधान मान्दिनँ भन्दा आफूमाथि विगतमा राजद्रोह मुद्दा लागेको उल्लेख गर्दै अहिले त्यस्तो नहुने बताएका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै कांग्रेस महामन्त्री थापाले भने, ‘योभन्दा अगाडिको संविधान हुँदै गर्दा संविधान बदल्नुपर्छ, संविधान मान्दिनँ भनेर मैले बोल्दा राजद्रोहको मुद्दा बोकेको मानिस हुँ। मजस्तै यहाँ थुप्रै हुनुहुन्छ। यो लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था हो, यसको सुन्दर पक्ष नै यही हो, यसमा यो व्यवस्था मान्दिनँ भन्न पनि पाइयो, व्यवस्थामाथि प्रश्न गर्न पनि पाइयो।’

उनले संविधानको सीमाभित्र बसेर आफ्ना आइडियाबारे कुरा गर्न अहिले पाइने तर विगतमा त्यस्तो नभएको बताए। ‘जो हामी संविधानका पक्षधर हौं, हाम्रा बीचमा समझदारी हुन आवश्यक छ, सत्ता वा प्रतिपक्षमा रहेकाहरूबीच,’ उनले भने, ‘हाम्रा बीचमा न्यूनतम समझदारी कायम राख्नुपर्छ,’ उनले भने।