=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दरबार हत्याकाण्डका बारेमा शुक्रबार बोलेको कुरा अगाडिदेखि नै भन्दै आएको बताएका छन्।
शनिबार ललितपुरमा आयोजित समाजवादी मोर्चाको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले दरबार हत्याकाण्डलगत्तै भूमिगत हुँदा र गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा पनि आफूले त्यसबारेमा बोल्दै आएको बताएका हुन्।
‘त्यतिबेला पनि यही कुरा पनि यही कुरा बोलिएको थियो। पहिलोचोटी गणतन्त्र नेपालको प्रधानमन्त्री भएपछि छानबिन आयोग बनाउन जरूरी छ भनेर त्यतिबेलै भनेको थिएँ। तिनै कुरालाई अहिले जसरी फेरि पुनरूत्थानको कोशिस भएको छ त्यो सन्दर्भमा स्मरण गर्न आवश्यक ठानेर भनेको हुँ,’ उनले भने।
अहिले नयाँ तथ्य र प्रमाण भएको नभई जनताको प्रश्न मुखरित मात्रै गरिदिएको उनले बताए।
‘यो जनतालाई लागेको छ जनताको मनमा यी प्रश्न छन् यसको उत्तर खोज्नैपर्छ भन्ने हिसाबले भनेको हुँ।नयाँ तथ्य वा नयाँ प्रमाण भनेर भनेको होइन। पुरानै तथ्य पुरानै प्रमाण र आम जनताको मनमा जे छ त्यो कुरा मुखरित मात्रै गरेको हुँ,’ उनले भने।
‘शुक्रबार सिन्धुपाल्चोकको पार्टीको मेलम्ची नगर कमिटीले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रमाथि ‘भाइमारा’ , ‘मूर्तिचोर’ र ‘सुन तस्कर’को आरोप लगाएका थिए।