९ मंसिर २०८१, आईतवार

मुख्य समाचार

सगरमाथा आरोहीका लागि विद्युतीय चिप्स अनिवार्य

२६ फाल्गुन २०८०, शनिबार ०२:५०

गएको वर्ष सगरमाथा आरोहणका क्रममा १२ जनाको ज्यान गयो । अरु पाँच जना हराइरहेका छन् । हराइरहेकाहरु कुन क्षेत्रमा वा कस्तो अवस्थामा छन् भन्ने यकिन छैन । उनीहरु बाँच्ने सम्भावना त हुँदैन तर कस्तो अवस्थामा ज्यान गुमाए र शव कस्तो...

भारतले भोलि माल्दिभ्सबाट आफ्ना सैनिक स्वदेश फर्काउँदै

२६ फाल्गुन २०८०, शनिबार ०२:४९

भारतले भोलि माल्दिभ्सबाट आफ्ना सैनिकहरूको पहिलो टोलीलाई स्वदेश फर्काउने बताएको छ । माल्दिभ्स चीनसँग नजिकिएपछि भारतले आफ्ना सैनिकहरू फिर्ता गर्न लागेको बीबीसीले जनाएको छ । माल्दिभ्समा रहेका झन्डै ८० जना भारतीय सैनिकहरूलाई आउँदो मे महिनाभित्र फिर्ता गरिसक्न माल्दिभ्सका राष्ट्रपति मोहम्मद...

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपाली खेलाडीको राम्रो सुधार

२६ फाल्गुन २०८०, शनिबार ०२:४८

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नयाँ टी–२० अन्तराष्ट्रिय वरीयतामा नेपाली खेलाडीले ब्याटिङ र अलराउन्डर दुवैतर्फ राम्रो सुधार गरेका छन् । ब्याटिङतर्फ रोहित पौडेलले एकै पटक ३६ स्थान सुधार गर्दै ५४ औँ स्थानमा आएका छन् । त्यस्तै दीपेन्द्रसिंह ऐरीले ३१ स्थान...

सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तार, नागरिक उन्मुक्ति पार्टीबाट तीन मन्त्री नियुक्त

२६ फाल्गुन २०८०, शनिबार ०२:४७

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । अल्पमतमा पर्नु भएका उहाँले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै नागरिक उन्मुक्ति पार्टीबाट तीन मन्त्री नियुक्त गर्नुभएको हो । नागरिक उन्मुक्ति पार्टीबाट संसदीय दलका नेता घनश्याम चौधरी र खुशीराम डङ्गौरा...

सामूहिक आलु खेतीबाट मनाङको तालगाउँका महिला आत्मनिर्भर बन्दै

२५ फाल्गुन २०८०, शुक्रबार १२:०४

हिमाली जिल्ला मनाङको तालगाउँका महिला सामूहिक आलु खेतीबाट आत्मनिर्भर बन्दै गएका छन् । नासोँ गाउँपालिका–१ तालगाउँका महिलाले सामूहिकरूपमा आलु खेती गरेका छन् । मनाङमा आलुलाई प्रमुख खेतीका रूपमा लिइन्छ । उनीहरूले व्यावसायिक आलु उत्पादनबाट आयआर्जन गर्दै आएका छन् । आफूहरूलाई...

बैङ्कको ऋण तिर्दिन भन्नेलाइ सरकारले छुट नदिने : अर्थमन्त्री पुन

२५ फाल्गुन २०८०, शुक्रबार ०३:०९

नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तले बैङ्क तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्न अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने चेतावनी दिनुभएको छ । नेपाल बैङ्कर्स सङ्घका प्रतिनिधिहरूसँग कुरा गर्दै मन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैङ्कको ऋण तिर्दिन भन्ने र तिर्नुहुन्न भन्ने...

नेपाली सेनाकाे २६१ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाइँदै

२५ फाल्गुन २०८०, शुक्रबार ०३:०७

नेपाली सेनाले आफ्नो स्थापनाको २६१औँ वार्षिकोत्सवका आज देशभर विविध सैनिक कला, सांस्कृतिक एवम् साङ्गीतिक प्रस्तुतीका साथ मनाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक टुँडीखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ...

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस : सामाजिक न्याय र लैङ्गिक समानतामा नेपालको फड्को

२५ फाल्गुन २०८०, शुक्रबार ०३:०४

आज विश्वभर ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता जर्मनकी नागरिक क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम...

नेपाल राष्ट्र बैङ्कले आठ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने

२४ फाल्गुन २०८०, बिहीबार ११:१७

आन्तरिक ऋण उठाउने प्रयोजनका लागि नेपाल राष्ट्र बैङ्कले आठ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्न लागेको छ । विकास ऋणपत्र बिक्रीका लागि नेपाल राष्ट्र बैङ्कले सूचना आह्वान गरेको हो ।ऋणपत्रका लागि आउँदो मङ्गलवारसम्म बोलकबोल गर्न सकिने राष्ट्र बैङ्कको सूचनामा उल्लेख...