११ श्रावण २०८०, बिहीबार ०६:४४
कम्बोडियाका प्रधानमन्त्री हुन सेनले आफ्ना छोरा हुन मानेतलाई सत्ता हस्तान्तरण गर्ने घोषणा गर्नुभएको छ । लामो समयसम्म सत्तामा रहने विश्वका नेतामध्ये एक हुन सेनले राजीनामा दिने र आउँदो अगस्टमा छोरालाई सत्ता सुम्पिने घोषणा गर्नुभएको हो । प्रधानमन्त्री सेनको यो घोषणा कम्बोडियामा...
११ श्रावण २०८०, बिहीबार ०४:०२
अफ्रिकी देश नाइजरमा सेनाले ‘कु’ गरेको छ । कर्णेल मेजर अमाडो अब्द्रामानेले राष्ट्रिय टेलिभिजनमा सम्बोधन गरी देशको शासन सत्ता आफूहरुले सम्हालेको घोषणा गर्नुभएको छ । सेनाले संविधान विघटन गरी सबै सङ्घसंस्था निलम्बनको घोषणा गरेको छ । त्यहाँ सम्पूर्ण अन्तर्राष्ट्रिय सिमानाका...
११ श्रावण २०८०, बिहीबार ०३:५४
त्रिभुवन विश्वविद्यालयले परीक्षामा प्रश्नपत्र फरक परेको सम्बन्धमा छानबिन गर्ने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले प्रश्नपत्र त्रुटिका सम्बन्धमा छानबिन गरी यथार्थ विवरण सार्वजनिक गर्ने जानकारी दिनुभएको छ । उहाँले आउँदा दिनमा प्रश्नपत्रमा त्रुटि नदोहोरिने गरी...
११ श्रावण २०८०, बिहीबार ०३:४९
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो एक वर्षमा अनुचित व्यापारिक क्रियाकलाप गर्ने झण्डै ८ सय फर्मलाई कारबाही गरेको छ । विभागले गएको आर्थिक वर्ष २०७९र८० मा सात सय ९९ वटा व्यापारिक फर्म र कम्पनी तथा उद्योगलाई कारबाही गरी आर्थिक...
११ श्रावण २०८०, बिहीबार ०३:२९
सर्मिला रोकाया, कोल्टी, बाजुरा प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा एक जना विरामीको मृत्यु भएको छ । उच्च रक्तचापको समस्या जटिल देखिए पछि रिफर गरिएका मुगुका विर्खलाल कार्कीको स्वास्थ्य केन्द्रमै मृत्यु भएको हो । उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पुगेका कार्कीको उपचार...
९ श्रावण २०८०, मंगलवार ०३:००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटलीमा भेटवार्ता र छलफलमा व्यस्त हुनुभएको छ । प्रचण्ड र बङ्लादेशका प्रधानमन्त्री शेख हसिनाबीच द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको छ । उहाँहरुबीच राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा गएराति भेटवार्ता भएको हो । भेटमा...
९ श्रावण २०८०, मंगलवार ०२:५३
चितवनको कालीखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड बन्द भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा रहेको कालीखोलामा बिहान पहिरो खसेको हो । बाटोमा पहिरो थुप्रिएको कारण सडक खण्ड भएर चल्ने गाडी दुईतर्फी नै रोकिएका जिल्ला प्रहरी कार्यालय...
९ श्रावण २०८०, मंगलवार ०२:४७
आइतबारराति आएको अबिरल बर्षाका कारण बाजुराको बडिमालिका नगरपालिका ७ ढम्कनेका दर्जनौ घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन । घर वरिपरि अबिरल बर्षाले जमिन पुरै बगाएपछि दर्जनौ घरपरिवार पहिरोको जोखिमा परेको वडा अध्यक्ष धर्मराज पाध्यायले बताउनुभएको छ । अबिरल बर्षाले...
८ श्रावण २०८०, सोमबार ०७:२५
दाङको शान्तिनगर गाउँपालिका–७ मा सर्पको डसाइबाट एक बालकको ज्यान गएको छ । सर्पको डसाइबाट सोमवार आज बिहान सल्यान बागचौर नगरपालिका–४ फेदीखोला घर भइ मामाघर आएका १६ वर्षीय मनोज वलीको ज्यान गएको हो । उनलाई घरमा सुतिरहेको अवस्थामा गएराति सर्पले डसेको...