दाङ । माघी पर्वको पूर्व सन्ध्यामा रैथाने खानाको महत्व बुझाएर आर्थिक विकासमा टेवा पुर्याउन भन्दै दाङको तुलसीपुरमा रैथाने खानाको परिकार ढिक्रि सहित ८ वटा खानाका परिकार सयौं जनालाई निशुल्क खुवाईएको छ ।
शनिबार तुलसीपुर होटल व्यवसायी समितिले रैथाने खानाको कार्यक्रम आयोजना गरेर उक्त परिकार नि:शुल्क खुवाएको हो ।माघी पर्वको पूर्व सन्ध्यामा जनप्रतिनिधि, सुरक्षा निकाय, व्यवसायी लगायतलाई निशुल्क रैथाने खाना खुवाईएको हो ।दाङको रैथाने खानाको प्रचारप्रसार गरेर जिल्लाको आर्थिक विकास गर्न र पर्यटन प्रबर्द्धनका लागि होटल व्यवसायीले रैथाने खानाको कार्यक्रम गरेका हुन् ।