जनकपुरधाम ।जनमत पार्टीका केन्द्रिय सदस्य तथा गैर आवासीय मधेशी संघका अन्तरास्ट्रिय समितीका महासचिव डा.श्यामबाबु महतोको सहयोगमा हठिपुरका मनिकलालले कृतिम कुट्टा पाएपछी उनको मुखमा हाँसो आएको हो।
रेल दुर्घटनामा दुवै खुट्टा गुमाएका धनुषा शहिदनगर नगरपालिका वडा नम्बर ६ हठीपुर बस्ने मनिक लाल महराले रेल दुर्घटनामा दुवै खुट्टा गुमाएको खवरपछि महासचिव डा. श्यामबाबु महतोले नीजि खर्चमा दुवै खुट्टा बनाईदिएको हो ।
वैदेशिक रोजगारको शिलशिलामा भारतमा रेलको लिकमा चिप्लेर दुबै खुट्टा गुमाएको विपन्न परिवारका महरालाई धेरै अप्ठयारो भएपछि उनलाई जनमत पार्टीका केन्द्रिय सदस्यसमेत रहेका नेता डा. महतोले सहयोग गरेका छन् ।
महरालाई गैर आवासीय मधेसी संघका महासचिव डा. महतोले आफनो पहलमा आफ्नै निजि सहयोगवाट धनुषाको लालगढ अस्पतालमा दुबै खुट्टा लगाई सम्पुर्ण अस्पताल खर्च सहयोग गरेका छन् ।
उपचारको क्रममा लागेको सम्पूर्ण खर्च रु ९३ हजार ७ सय ७८ रुपैयाँ डा. महतोले नीजि रुपमा तिरेका छन् । डा. श्यामबाबुले आफैँ उनको जिम्मा लिएर उनको उपचार तथा कृतिम खुट्टा सम्म लागेको सम्पूर्ण खर्च तिरिदिएका हुन् ।
सोमवार अस्पतालबाट महरालाई डिस्चार्ज गराएर गाँउ हठिपुर स्थित प्रसिद्व र आकर्षणको केन्द्र बनेको स्थानिय मगलेश्वर महादेवको मन्दिरमा पुजापाठ गराई महरालाई घर पुरयाउँदा महराको मुहारमा हाँसो थियो । उनी घाइते भएपछि उनको परिवार बिचल्लीमा परेको छ ।