काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवा बाढीपछिको संकट व्यवस्थापनमा खटिएका राज्यका तीनै तहका सुरक्षा निकायलाई ढाडस दिँदै विशेष धन्यवाद ज्ञापन गरेका छन् ।
आइतबार साँझ सामाजिक सञ्जालमार्फत राष्ट्रसेवक सुरक्षाकर्मीमाथि सम्बोधन गर्दै प्रधानमन्त्री शाहले अहिलेको योगदानको उच्च कदर हुने बताएका छन् ।
साथै, उनले सुरक्षाकर्मीहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता नगर्ने पनि बताएका छन् ।
‘सुरक्षाकर्मीको यो योगदानको उच्च कदर हुनेछ । तपाईंहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्ने छैन,’ उनले भनेका छन्, ‘संकटका बेला खटिरहन प्रेरित गर्ने तपाईंको घरपरिवारप्रति पनि हामी कृतज्ञ छौं ।’