११ कार्तिक २०८३, मंगलवार Tuesday, October 27, 2026

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ


सिम्रन खड्का र अरूण क्षेत्री अभिनीत फिल्म ‘गौंथली’ले प्रदर्शनको ५१ औं दिन पूरा गरेको छ। साउन १ गतेदेखि प्रदर्शनमा आएको फिल्मले शनिबार उक्त सफलता हासिल गरेको हो।

यो वर्ष हालसम्म सर्वाधिक कमाउने नेपाली फिल्म बनेको ‘गौंथली’ले काठमाडौं उपत्यकासहित देशभरका तीन दर्जनभन्दा बढी हलमा ५१ औं दिन मनाएको हो।

निर्माता सुमन गिरीका अनुसार ‘गौंथली’ शनिबार ४३ हलमा ५९ शोसहित प्रदर्शन भएको थियो। उनका अनुसार फिल्मले हालसम्म २५ करोड ८० लाख रूपैयाँभन्दा माथिको ग्रस कलेक्सन गरेको छ।

धेरैजसो नेपाली फिल्मलाई एक सातासम्म पनि हलमा टिक्न कठिन भइरहेको अवस्थामा ‘गौंथली’ले भने प्रदर्शनको ५१ औं दिनसम्मको यात्रा तय गरेको हो। फिल्मले हालसम्मको कमाइका आधारमा नेपाली फिल्म उद्योगमा ‘पूर्णबहादुरको सारंगी’पछि सर्वाधिक कमाउने दोस्रो फिल्मको स्थान बनाएको छ।

निर्देशक डा. कपिल रिजालले दर्शकको माया र टिमको मेहनतका कारण फिल्मले ५१ औं दिन पूरा गर्न सफल भएको बताए।

ताजा समाचार