१६ फाल्गुन २०८०, बुधबार १३:०१
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले पुन: सत्याग्रह गर्ने चेतावनी दिएका छन् ।केसीले आफूसँग विगतमा भएका सहमति कार्यान्वयन, मेडिकल शिक्षा र स्वास्थ्य सेवा सुधारका साथै संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा ६ बुँदे माग सार्वजनिक गरेका हुन् । केसीले सशस्त्र...
१६ फाल्गुन २०८०, बुधबार ०४:३९
मालीमा भएको बस दुर्घटनामा ३१ जनाको ज्यान गएको छ । बस केनिबाको मालियन शहरबाट छिमेकी बुर्किना फासो जाँदै गर्दा बागोई नदी पार गर्ने पुलबाट खसेको हो । हिजो भएको दुर्घटनामा दश जना घाइते भएका छन् । घाइते केहीको अवस्था गम्भीर...
१६ फाल्गुन २०८०, बुधबार ०३:३९
काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत आज दोस्रो खेलमा नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपाललाई आजको...
१६ फाल्गुन २०८०, बुधबार ०२:५५
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालभित्रको भ्रष्टाचारको कारोबार विदेशमा हुने गरेको बताउनुभएको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा प्रमुख आयुक्त राईले नेपालमा हुने भ्रष्टाचारको मोलमोलाइ विदेशमा हुने गरेको र त्यस्तो कारोबारको सूचना पाउन धेरै मुस्किल भएको...
१६ फाल्गुन २०८०, बुधबार ०२:५३
भरतपुर भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा पुगेको छ । आउँदो शुक्रबार नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको महानगरपालिकाले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । भरतपुर भ्रमण वर्षको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले...
१६ फाल्गुन २०८०, बुधबार ०२:५२
जापानले चन्द्रमामा अवतरण गराएको अन्तरिक्ष यानको ल्यान्डर चन्द्रमाको रात सकिएपछि पुनः जागेको छ । ऊर्जा प्रणालीमा समस्या आएकोले रात परेपछि काम नगर्ने सम्भावना रहेकोमा रात सकिएपछि पुनः सक्रिय भएको जापानी अन्तरिक्ष निकाय (जाक्सा) लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।...
१६ फाल्गुन २०८०, बुधबार ०२:५१
चार महिनादेखि देशको राजधानी शहर काठमाण्डौका मुख्य केन्द्रलाई निषेधित क्षेत्र तोकेको सरकारले हिजोदेखि नयाँ बानेश्वरसहितका ठाउँमा फुटपाथमा हिँड्नसमेत रोक लगाएको छ । ती क्षेत्रमा पर्खालमा निषेधित क्षेत्र र प्रवेश निषेध लेखिएका फ्लेक्स, ब्यानर र पोस्टर टाँसिएका छन्। प्रहरी परिचालन गरेर...
१५ फाल्गुन २०८०, मंगलवार ०४:४८
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुग्ध विकास संस्थानले दूध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिन निर्देशन दिनुभएको छ । उहाँले हिजो बेलुका अर्थमन्त्री डा प्रकाशशरण महत, कृषि तथा पशुपक्षी विकास मन्त्री डा बेदुराम भुसाल र मुख्यसचिव डा बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा...
१५ फाल्गुन २०८०, मंगलवार ०४:४७
आज ४२औँ मगर एकता दिवस मनाइँदैछ। देशैभरका मगर समुदायले राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन्।२०३९ साल फागुन १५ गते स्वर्गीय हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार सङ्घको प्रथम अधिवेशन भएको थियो।त्यसैको सम्झनामा मगर सङ्घ र सम्बन्धित...