१७ माघ २०८२, शुक्रबार

काठमाडौं ६ मा हिमाल शर्माको चुनावी कमाण्डर बने सुदेश


काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा नेपाली कम्युनिस्ट पार्टीले ६६६ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । समिति संयोजकको जिम्मेवारी युवा नेता सुदेश पराजुलीले पाएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ६ का अगुवा कार्यकर्ता भेलाबाट पराजुलीको नेतृत्वमा निर्वाचन परिचालन समिति निर्माण गरिएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हिमाल शर्मा छन् ।

शर्मा र पराजुली दुवै विद्यार्थी संगठनको अध्यक्ष भइसकेका युवा नेता हुन् । शर्माले अखिल क्रान्तिकारीको र पराजुलीले अनेरास्ववियुको नेतृत्व गरेका थिए ।

यी दुई विद्यार्थी संगठनको मुल पार्टीहरु नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकतापछि नेपाली कम्युनिस्ट पार्टी गठन भएको हो ।