१९ पुष २०८२, शनिबार ११:२६
नेपाली कांग्रेसमा विशेष महाधिवेशनको मुद्दा फेरि चर्किएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको विधान बमोजिमको कानूनी प्रक्रिया बुझ्न शनिबार कानुनविदसँग परामर्श गरेका छन्। कानुनविदका अनुसार, कांग्रेसको विधान धारा १७(२) वाध्यकारी प्रावधान हो। यसअनुसार, केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा...
१९ पुष २०८२, शनिबार ११:१३
इरानमा बढ्दो महँगी र बिग्रँदो आर्थिक अवस्थाविरुद्ध पछिल्ला तीन वर्षयताकै ठूलो प्रदर्शन भएको छ। बीबीसी अरबी सेवाका अनुसार प्रदर्शनको पाँचौं दिन बिहीबार देशका विभिन्न शहरमा भएका घटनामा कम्तीमा सात जनाको मृत्यु भएको छ। प्रदर्शनका क्रममा केही प्रदर्शनकारीहरूले इरानका सर्वोच्च नेताको...
१९ पुष २०८२, शनिबार ११:०७
अमेरिकाले भेनेजुएलाको राजधानीमा आक्रमण गरेको छ। बढ्दो तनावका बीच अमेरिकाले भेनेजुएलाको राजधानीस्थित सैनिक क्षेत्रहरूमा आक्रमण गरेको हो। प्रत्यक्षदर्शीहरूका अनुसार शहरको बीचभागमा रहेको सैन्य हवाई अड्डा ‘ला कार्लोटा’ र मुख्य सैन्य अड्डा ‘फुएर्ते तिउना’मा आक्रमण गरिएको हो। यी दुवै स्थानमा भएको...
१९ पुष २०८२, शनिबार १०:३०
काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका छन् । अमेरिकाले राजधानी काराकास सहितका शहरहरूमा भीषण आक्रमण गरेपछि मादुरोले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् । उनले अमेरिकी आक्रमणको निन्दा गर्दै भेनेजुएलाकोे तेल र खनिजमाथि कब्जा जमाउने...
१९ पुष २०८२, शनिबार १०:२७
काठमाडौं । भद्रपुर विमानस्थलमा शुक्रवार राति बुद्ध एयरको जहाज दुर्घटना भएपछि रनवे घटाएर विमानस्थल सञ्चालनमा ल्याइएको छ । विमानस्थल प्रमुख किशोरकुमार खत्रीले रन–वे घटाएर विमानस्थललाई सञ्चालनमा ल्याएको जानकारी दिए । उनका अनुसार दुर्घटनाग्रस्त जहाजको पछाडिको भाग अफ–ट्रयाकमा परेकोले हाल १...
१९ पुष २०८२, शनिबार १०:२४
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको दाबी गरेका छन् । ट्रम्पले भेनेजुएलाको राजधानी काराकारमा आक्रमणपछि मादुरोलाई पक्राउ गरिएको दाबी गरेका हुन् । भेनेजुएलाको राजधानी काराकासमा भएको विष्फोटपछि अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त आक्रमण अमेरिकाले गरेको...
१९ पुष २०८२, शनिबार ०८:२१
स्वस्थानि व्रत भगवान् शिव र देवी पार्वती (स्वस्थानि माता) को आराधनासँग सम्बन्धित व्रत हो। यो व्रत विशेषगरी महिलाहरूले आफ्नो पति, परिवारको सुख–समृद्धि, दीर्घायु र मनोकामना पूर्तिका लागि गर्ने परम्परा छ। आजकाल पुरुषहरूले पनि श्रद्धापूर्वक पालन गर्ने गरेका छन्। यस वर्तकथा...
१९ पुष २०८२, शनिबार ०७:५१
थप ३० नयाँ प्रजातिको चरा फेला परेसँगै हालसम्म जिल्लामा प्राप्त चरा प्रजातिहरुको सङ्ख्या जम्मा ३५५ पुगेको छ । नेपाल पन्छी संरक्षण सङ्घले जिल्लामा हालै गरेको चरा गणनामा थप ३० नयाँ प्रजातिको चरा फेला परेका हुन् । जिल्लाको रेसुङ्गा, मदाने र...
१९ पुष २०८२, शनिबार ०७:२१
आईसीसी टी-२० विश्वकप २०२६ का लागि सिकन्दर राजाको कप्तानीमा जिम्बाबेको टोली घोषणा भएको छ । सन् २०२४ को विश्वकपमा छनोट हुनबाट चुकेको जिम्बाबे यसपटक भने अफ्रिका छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा पुगेको छ। अफ्रिका छनोटमा शानदार प्रदर्शन गरेका ब्रायन बेनेट...