१८ माघ २०८२, शनिबार

बागी उम्मेदवार कुलप्रसाद केसी नेकपाबाट निस्कासित


काठमाडौं । दाङ–१ बाट प्रतिनिधिसभा सदस्यका बागी उम्मेदवार कुलप्रसाद केसी नेपाली कम्युनिस्ट पार्टीबाट निस्कासित भएका छन् ।

केसीलाई उम्मेदवारी फिर्ता लिन र पार्टीका आधिकारिक उम्मेदवारलाई समर्थन गर्न भनिएको थियो । नमानेपछि पार्टीले निस्कासन गरिदिएको हो ।

केसी पार्टीबाट टिकटका आकांक्षी थिए । पार्टीले टिकट दिएपछि असन्तुष्ट बनेका केसीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

दाङ १ मा नेकपाका आधिकारिक उम्मेदवार मेटमणि चौधरी रहेका छन् ।

पार्टीको निर्णय र निर्देशनविपरित उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका कार अनुशासनको कारवाही गर्दै पार्टीबाट निस्कासन गरिएको नेकपाले जनाएको छ ।