३ चैत्र २०८२, मंगलवार

मुख्य समाचार

एशिया कप टी–२० क्रिकेट अन्तर्गत सुपर–४ मा आज पाकिस्तान र श्रीलङ्का खेल्ने

७ आश्विन २०८२, मंगलवार ०३:००

एशिया कप टी–२० क्रिकेट अन्तर्गत सुपर–४ मा आज पाकिस्तान र श्रीलङ्का खेल्दैछन् । खेल अबुधाबीमा नेपाली समयानुसार बेलुकी सवा ८ बजे शुरू हुनेछ । सुपर–४ मा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट श्रीलङ्का र बङ्गलादेश पुगेका हुन् ।...

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

७ आश्विन २०८२, मंगलवार ०२:५८

असोज शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदैछ । नवरात्रको पहिलो दिन हिजो दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको...

वीरगञ्ज महानगरमा हैजा अझै नियन्त्रणमा आएन

७ आश्विन २०८२, मंगलवार ०२:५६

पर्साको वीरगञ्ज महानगरपालिका वरपर फैलिएको हैजा संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । स्वास्थ्य कार्यालय पर्साका अनुसार २४ घण्टामा २८ जना नयाँ हैजाका बिरामी फेला परेका छन् । पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले हिजोसम्म हैजाका बिरामीको आरडिटी जाँच गर्दा दुई...

समयमै चुनाव गराउन निर्वाचन आयोग तयार

३ आश्विन २०८२, शुक्रबार ०३:४२

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले समयमै चुनाव सम्पन्न गराउन आयोग तयार रहेको बताउनुभएको छ । नवनियुक्त गृह एवम् कानून न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याललाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै उहाँले आयोग समयमै चुनाव सम्पन्न गर्न तयार...

देशका धेरै ठाउँमा गएराति वर्षा : यसवर्षको मनसुन बाहिरिन थप समय लाग्न सक्ने

३ आश्विन २०८२, शुक्रबार ०३:४१

देशका धेरै ठाउँमा गएराति पानी परेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँ तथा बाँकी भागका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो पनि मौसम बदली नै...

आज संविधान दिवस देशभर मनाइँदै

३ आश्विन २०८२, शुक्रबार ०३:३९

आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ । संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो । २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नुभएको थियो । वर्तमान...

कक्षा १२ को स्थगित मौका परीक्षा आउँदाे मङ्गलवार र बुधवार हुने

१ आश्विन २०८२, बुधबार ०५:५१

कक्षा १२ को स्थगित मौका (पूरक) परीक्षा आउँदाे असोज ७ गते मङ्गलवार र ८ गते बुधवार हुने भएको छ । मौका परीक्षाको नयाँ तालिका आज सार्वजनिक गरिएको छ । यसअघि गएको भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा...

हिजो कीर्तिमान बनेको सुनको भाउ आज १ हजार रुपैयाँले घट्यो

१ आश्विन २०८२, बुधबार ०५:४७

सुनको भाउ आज एक हजार रुपैयाँले घटेको छ । सुन एकैदिन एक हजार रुपैयाँले घटेर तोलाको दुई लाख १६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ अहिलेसम्मकै उच्च दुई लाख १७...

इजरायली बन्धकलाई मानव ढालको रूपमा प्रयोग नगर्न हमासलाई ट्रम्पको चेतावनी

३१ भाद्र २०८२, मंगलवार ०३:४४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा रहेका इजरायली बन्धकहरूलाई मानव ढालको रूपमा प्रयोग नगर्न हमास समूहलाई चेतावनी दिनुभएको छ । राष्ट्रपति ट्रम्पले हमासले युद्धमा मानिसहरूलाई प्रयोग गरिरहेको भन्दै तीब्र आक्रोश व्यक्त गर्नुभएको अलजजिराले जनाएको छ । हिजो सामाजिक सञ्जाल मार्फत उहाँले...