३० मंसिर २०८२, सोमबार

मुख्य समाचार

आज र भोलि देशभरकै मौसम बदली : केही ठाउँमा ठूलो वर्षाको सम्भावना, पर्सिदेखि मौसम खुल्दै जाने

१६ आश्विन २०८०, मंगलवार ०३:४६

देशभरको मौसम बदली भएको छ । आज र भोलि देशभरकै मौसम बदली हुने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गोविन्द झाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ...

जिल्ला अस्पताल फाप्लुका स्वास्थ्यकर्मी माथि दुर्व्यवहार, आकस्मिक बाहेकका सबै सेवा ठप्प

१६ आश्विन २०८०, मंगलवार ०३:४५

सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुका स्वास्थ्यकर्मी माथि अस्पतालमै दुर्व्यवहार भएको छ । अस्पतालमा उपचारका लागि आएका एक बिरामीले उपचारकै क्रममा सोमवार ड्युटीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि हातपातको प्रयास गरेका जनाइएको छ । अस्पताल प्रमुख डा प्रशान्त शाहका अनुसार सोमवार दिउँसो उपचारका लागि आएकाे...

एमाले गण्डकी अधिवेशन : चार बजेपछि चुनावी प्रक्रिया शुरु हुने

१६ आश्विन २०८०, मंगलवार ०३:४०

नेकपा एमाले गण्डकीको अधिवेशनमा आज चार बजेपछि नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया अघि बढ्ने भएको छ । हिजाे दिउँसो उद्घाटनपछि पाेखरा सभागृहमा अधिवेशनको बन्द सत्र चलेको थियो । अधिवेशनमा अध्यक्ष नवराज शर्माले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे । बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमाथि दिनभरि आठवटा...

भारतको झारखण्डमा वर्षा र चट्याङका कारण आठ जनाको ज्यान गयो

१६ आश्विन २०८०, मंगलवार ०३:३८

भारतको पूर्वी राज्य झारखण्डमा ठूलो वर्षा र चट्याङका कारण आठ जनाको ज्यान गएको छ । क्षेत्रीय विपद् व्यवस्थापन निकायका अनुसार वर्षाका कारण आएको बाढी र डुबानका कारण अन्य कयौँ व्यक्ति घाइते भएका छन् । झारखण्डका केही भागमा शनिवारदेखि नै पानी...

आज दिनभरी पानी पर्ने र रोकिने क्रम चलिरहने : कोशी, मधेस र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

१५ आश्विन २०८०, सोमबार ०३:०७

यस वर्षको मनसुन झण्डै एक हप्ता ढिलो गरी बाहिरिने भएको छ । सामान्यतया नेपालमा मनसुनको अवधि अक्टोबर २ तारिख अर्थात् आजसम्म हो । तर, यसमा एक/दुई दिन थपघट हुने मौसमविद्ले बताउँदै आएका छन् ।  यसपालि मनसुन बाहिरिने समयमा फेरि सक्रिय...

पाेखराबाट सुर्खेतका लागि छुटेकाे बस दाङमा दुर्घटना, १४ जना घाइते

१५ आश्विन २०८०, सोमबार ०३:०४

दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । पोखराबाट सुर्खेतका लागि छुटेको  ग १ ख ८४८५ नम्बरको बस आज बिहान पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको बबईसोता पुलको साइडमा दुर्घटना भएकाे हाे । बस सडकबाट खसेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घाइते...

एमालेको गण्डकी प्रदेश अधिवेशन आजदेखि : कोशी र कर्णालीमा मतगणना शुरु हुँदै

१५ आश्विन २०८०, सोमबार ०३:०३

नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशन आजदेखि शुरु हुँदैछ । अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने एमालेले जनाएको छ । पोखरा अमरसिंह चोकमा हुने अधिवेशन शुरु हुनुभन्दा अगाडि हस्पिटल चोक, औद्योगिक क्षेत्र, बुद्धचोक र बसपार्कबाट र्याली निकाल्ने तयारी छ...

सुदुरपश्चिमका विभिन्न सीमानाकाबाट एकै दिन ८ सय ४२ जना भित्रीए

१५ आश्विन २०८०, सोमबार ०३:०२

सुदुरपश्चिमका विभिन्न सीमानाकाबाट एकै दिन ८ सय ४२ जना भित्रीएका छन्। भारतमा रोजगारीका लागि गएका सुदुरपश्चिमका विभिन्न जिल्लाका ८ सय ४२ जना आइतवार नेपाल भित्रीएका हुन्। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार सबैभन्दा बढी जोलाजिमी नाका दार्चुला भएर ४२१...

स्पेनको एक रात्रि क्लबमा भएको आगलागीमा परेर ज्यान गुमानेको सङ्ख्या १३ पुग्यो

१५ आश्विन २०८०, सोमबार ०३:०१

स्पेनको एक रात्रि क्लबमा भएको आगलागीमा परेर ज्यान गुमानेको सङ्ख्या १३ पुगेको छ । आइतवार बिहान मर्सिया सहरको बाहिरी भागमा रहेको टेट्रे नाइट क्लबमा आगलागी भएको थियो । प्रहरीका अनुसार १४ जना अझै बेपत्ता छन् ।  त्यसैले ज्यान गुमाउनेको सङ्ख्या...