३१ भाद्र २०८२, मंगलवार ०३:४४
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा रहेका इजरायली बन्धकहरूलाई मानव ढालको रूपमा प्रयोग नगर्न हमास समूहलाई चेतावनी दिनुभएको छ । राष्ट्रपति ट्रम्पले हमासले युद्धमा मानिसहरूलाई प्रयोग गरिरहेको भन्दै तीब्र आक्रोश व्यक्त गर्नुभएको अलजजिराले जनाएको छ । हिजो सामाजिक सञ्जाल मार्फत उहाँले...
३१ भाद्र २०८२, मंगलवार ०३:४१
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक तथा कर्मचारीलाई विद्यालय समय र तोकिएको पोशाकमा टिकटक बनाएर सामाजिक सञ्जालमा पोस्ट नगर्न निर्देशन दिएको छ । मन्त्रालयले सूचना निकालेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेलो सरकारमा विद्यालयका शिक्षक तथा कर्मचारीले कार्यालय समयमा तोकिएको पोशाकमा...
३१ भाद्र २०८२, मंगलवार ०३:३८
सरकारले आउँदो असोज १ गते शोक दिवस मनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा शोक दिवस मनाउने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । यो दिन सरकारले सार्वजनिक बिदा दिएको...
३० भाद्र २०८२, सोमबार ०५:३८
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ । भण्डारी देशको प्रथम महिला महान्यायाधिवक्ता बन्नुभएको छ । भण्डारी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको छोरी हुनुहुन्छ । उहाँ पूर्वसूचना आयुक्तसमेत हुनुहुन्छ । यसअघि रमेश बडालले महान्यायाधिवक्ता पदबाट राजीनामा...
३० भाद्र २०८२, सोमबार ०५:३६
सरकारले आजदेखि देशका एक सय ५३ ठाउँबाट चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्दैछ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो । सहुलियत मूल्य पसलबाट प्रतिकिलो/प्रतिलिटरमा पाँचदेखि १० रुपैयाँसम्म...
३० भाद्र २०८२, सोमबार ०५:३२
मधेशको प्राचीन मिथिला क्षेत्रका महिलाले जितिया पर्व मनाएका छन् । यो निराहार व्रत आज बिहान सात बजेपछि समापन भएको मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गमा उल्लेख छ । हिजो बिहान पवित्र जलाशयमा नुहाएर व्रत सङ्कल्प गर्दै मिथिलाका महिलाहरूले निराहार व्रत शुरू...
३० भाद्र २०८२, सोमबार ०५:३१
इजरायली सेनाले गाजा सिटीमा आक्रमण तीव्र पार्दा एकैदिन ५३ जना प्यालेस्टिनीको ज्यान लिएको छ । आक्रमणमा तीनवटा आवासीय टावरसहित जम्मा १६ भवन पूर्ण रुपमा क्षति भएकोे अल जजिराले जनाएको छ । गाजामा मात्र ३५ जनाको ज्यान गएकोे स्वास्थ्यकर्मीहरूले बताएका छन...
२५ भाद्र २०८२, बुधबार ०६:०९
नेपाली सेनाले काठमाण्डौ उपत्यकासहित देशभर लागू भएको निषेधाज्ञा आज बेलुका ५ बजेसम्म निरन्तर रहने जनाएको छ । त्यसपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यू कायमै रहनेछ । आन्दोलनका नाममा अझै पनि विभिन्न ठाउँमा अराजक गतिविधि भइरहेका र सुरक्षालाई ध्यानमा राखेर अहिले लागु...
२५ भाद्र २०८२, बुधबार ०६:०२
काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा लुटपाटमा संलग्न २७ जना पक्राउ परेका छन् । अहिलेको परिस्थितिको अनुचित फाइदा उठाउँदै विभिन्न ठाउँमा लुटपाटमा संलग्न व्यक्ति र उनीहरुबाट नगद तथा हतियार बरामद गरेको नेपाली सेनाले जनाएको छ । गौशाला–चाबहिल–बौद्धलगायतका क्षेत्रबाट लुटपाटमा संलग्न र उनीहरुको...