९ मंसिर २०८१, आईतवार

बारामा यातायात व्यवस्था कार्यालय मन्त्री सिंहद्वारा उद्घाटन


बारा । बारामा यातायात ब्यवस्था कार्यालयको उदघाटन भएको छ ।

जिल्लाको सदरमुकाम कलैयामा रहेको शैक्षिक तालिम केन्द्रमा कार्यालयको उद्घाटन भएको हो ।

मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंहले आज एक कार्यक्रमका बीच उदघाटन गरेका हुन् ।

कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका मन्त्री सिंहले ड्राईभिङ्ग लाईसेन्स अब १० बर्ष को लागि बनाउन कानुन बनाउने जानकारी दिनु भयो ।

उनले ब्लु बुक पनि सधैको लागि एकै पटक रिनिवल हुने नेपालमा ब्यवस्था गर्नमा लागेको बताए । उद्घाटन कार्यक्रममा बोल्दै उनले हुलाकी राजमार्गमा मधेस परिवहन गाडी चलाउने त्यो ईलेक्ट्रीक गाडी चलाउने मन्त्रीले बताएका छन ।

मधेसको लाईफ लाईन हुलाकी राजमार्ग को लागि छिटै मधेस परिवहन बिधेक लग्ने मन्त्री सिंहले बताएका छन । यातायात ब्यवस्था कार्यालयको सबै कार्य अनलाइन गरिने मन्त्री सिंहले जनाए ।

यसभन्दा अगाडि सर्लाहीको मलंगवामा समेत यातायात व्यवस्था कार्यलय संचालनमा ल्याएको मन्त्री सिंहले भने ।