६ कार्तिक २०८३, बिहीबार Thursday, October 22, 2026

पाकिस्तानी सेनाको आधार शिविरमा आत्मघाती बम आक्रमणः कम्तीमा २३ जनाको मृत्यु


पाकिस्तान–पाकिस्तानी सेनाको आधार शिविरमा  मङ्गलवार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ ।  आक्रमणको जिम्मेवारी पाकिस्तानी तालिबानले लिएको छ ।

परिचय नखुलाउने शर्तमा एकजना स्थानीय अधिकारीले अफगानिस्तानको सीमा नजिकै खैबर पख्तुन्ख्या प्रान्तको डेरा स्माइल खान जिल्लास्थित शिविरलाई लक्षित गर्दे बिहानको समयमा आक्रमण भएको बताएका छन् ।

उनका अनुसार सेनाहरू सुतिरहेको अवस्थामा आक्रमण भएकाले सेनाहरू सिभिल पोसाकमै थिए । अधिकांश मृतक सैन्य कर्मचारी भएको अनुमान गरिएको भए तापनि, मृतकहरूको पहिचान खुल्ने क्रम जारी रहेको छ ।

विष्टोटक पदार्थले भरिएको गाडीले अस्थायी सैन्य आधारमा आक्रमण गराउँदा अन्य २७ जना घाइते भएको समेत  बताइएको छ ।

विष्फोटका कारण शिविरका तीनवटा कोठा भत्किएका छन् भने भग्नावशेषबाट शव निकाल्ने कार्य भइरहेको छ । मृतकको सङ्ख्या बढ्ने आकलन गरिएको छ ।

बिहानको २ः३० मा हमला शुरू गरेको तालिबानसँग सम्बद्ध तेहरिक ए जिहाद समूहले जनाएको छ ।

सन् २०२१ मा तालिबान सत्तामा फर्किएदेखि पाकिस्तान – अफगानिस्तानका सीमा क्षेत्रमा आक्रमणमा वृद्धि भएको छ ।

अमेरिकी सेना फिर्ता भएदेखि छिमेकी विद्रोही उत्साहित भएको विश्लेषकहरूले बताउँदै आएका छन् । पाकिस्तानी द्वन्द्व सुरक्षा अध्ययन संस्थाका अनुसार गत वर्ष तथा २०२३ को सुरुवाती चरणको तुलनामा पछिल्लो समयमा द्वन्द्व झण्डै ८० प्रतिशतले वृद्धि भएको देखिएको छ ।

इस्लामाबादले आक्रमणकारी समूह सीमापारीबाट परिचालित भएको आरोप लगाएको छ । यद्यपि सो आरोप तालिबान सरकारले निरन्तर अस्वीकार गरिरहेको छ ।

घटनाबारे पाकिस्तानी सेनाले भने अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन ।

ताजा समाचार