९ मंसिर २०८१, आईतवार

न्युरोड क्षेत्रमा आजदेखि पार्किङ निषेध


काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रको सडकमा सवारी साधन पार्किङमा रोक लगाएको छ ।

न्युरोड जानेले अब आफ्ना सवारी साधन काठमाडौं टावर लगायतका स्थानमा पार्किङ गर्नु पर्ने छ ।

महानगरले सो क्षेत्रमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराएको जनाएको छ । महानगरका अनुसार काठमाडौं टावरमा तीन सयवटा चारपांग्रे र सात सयवटा दुईपाङ्ग्रे सवारी साधन पार्क गर्न सकिने छ ।

धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको सडकमा आजदेखि पार्किङ निषेध गरिएको महानगरपालिकाले जनाएको छ । यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध गरिसकिएको छ ।