७ कार्तिक २०८३, शुक्रबार Friday, October 23, 2026

दिल्लीमा एक रासायनिक गोदाममा आगलागी हुँदा सात जनाको ज्यान गयो


भारतकाे राजधानी नयाँ दिल्लीको अलिपुरमा रहेको एक रासायनिक गोदाममा आगलागी हुँदा सात जनाको ज्यान गएको छ ।

हिजो बेलुका गोदाममा लागेको आगोले नजिकैका पसल र घर जलेर नष्ट भएकाे बीबीसी हिन्दीले जनाएको छ । हिजै २२ वटा दमकलको सहयोगमा झण्डै तीन घण्टाको प्रयासपछि आगो निभाइएको खबरमा उल्लेख छ ।

आगो निभाइसकेपछि सात जनाको शव निकालिएको थियो । गोदामभित्र कति मानिस थिए भन्ने अझै यकिन हुन नसकेको र भित्र फसेका बाँकी व्यक्तिहरुको खोजी भइरहेको दिल्ली प्रहरीले जनाएको छ । आगो लागेपछि नजिकै रहेका घर र पसलका मानिसहरुले भने भागेर ज्यान बचाउन सकेका प्रहरीको भनाइ छ ।

आगलागीको कारण अझै थाहा हुन सकेको छैन ।

ताजा समाचार