८ कार्तिक २०८३, शनिबार Saturday, October 24, 2026

ईयुले हुथी आक्रमणहरूबाट जहाजलाई जोगाउन लाल सागरमा नौसेना मिसन शुरू गर्याे


युरोपेली संघ (ईयू) ले लाल सागरमा कार्गो जहाजहरूलाई यमनका हुथी विद्रोहीहरूको आक्रमणबाट जोगाउन नौसेना अभियान शुरु गरेको छ ।

ईयुका अन्तर्राष्ट्रिय साझेदारहरुसँग मिलेर लाल सागरमा भइरहेको आक्रमणलाई ध्यानमा राखि नौसेना तैनाथ गर्ने निर्णय गरेको युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनलाई उदृत गर्दै अलजजिराले जनाएको छ । ईयुले संकट समाधानका लागि युरोपेली देशहरुको बलियो उपस्थिति रहने विश्वास व्यक्त गरेको खबरमा उल्लेख छ ।

नौसेना मिसनले लाल सागर, अडेनको खाडी र वरपरका पानीजन्य ठाँउमा हुनसक्ने आक्रमणको प्रारम्भिक चेतावनी दिने प्रणालीहरू युरोपेली युद्धपोत र वायुजनित यन्त्र पठाउनेछ । अहिलेसम्म, फ्रान्स, जर्मनी, इटाली र बेल्जियमले जहाजहरू उपलब्ध गराउने विषयमा छलफल गरिसकेका छन् ।

ताजा समाचार