महोत्तरी । जलेश्वर-जनकपुर सड़क खण्डमा रहेको आगेपुर पुलले चिनिने पुलमा पटक-पटक सड़क दुर्घटना का कारण अनाहकमा सर्वसाधारण यात्रिले ज्यान गुमाउनु परेको घटनाले ध्यानाकर्षण हुँदा यस्ता घटनालाई न्युनिकरण गर्न प्रयास स्वरूप स्थानिय युवाहरुले पुलको क्षेउमा घेरा लगाउने कार्य गरेका छन ।
सड़क फराकिलो भएपनि पुल नजिक साँघुरो ठाउँ र रातिको समयमा अन्ध्यारोका कारण सवारी चालकले बाटो सही आँकलन गर्न अफ्टयारोका कारण दुर्घटनामा परि अंगभंग हुने र ज्यान गुमाउनु परेको अवस्था समम् भएको पछिला दिनमा भएका सड़क दुर्घटनाको तथ्यांकले देखाएको छ ।
यस्ता घटना लाई न्युनिकरण गर्न जलेश्वरका स्थानिय युवाहरुले पुलको क्षेउमा घेरा लगाउने कार्य गरेका हुन । सुमन चौधरी , शिवम झा लगायतका युवाहरुले यस विषयमा स्थानिय प्रशासन,सड़क विभाग र सर्वसाधारण यात्रिमा ध्यानाकर्षण समेत गराउन उक्त प्रयास गरेको उनीहरुले बताएका छन ।