९ मंसिर २०८१, आईतवार

नापी कार्यालय ललितपुरका सर्वेक्षकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं । नापी कार्यालय ललितपुरका सर्वेक्षकसहित ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियारले नापी कार्यालयमा कार्यरत सर्वेक्षक रामविर यादव, लेखापढी काम गर्ने दिनेश बन्जरा, विनोद अधिकारी, प्रदिप पौडेल, आशिषराज बस्नेत र बिचौलि दिनेश बन्जारावविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारको टोलीले नापी सर्भेक्षक यादव, लेखापढी व्यवसायी बन्जरा र अधिकारीलाई २ लाख ५० हजार घुससहित पक्राउ गरेकनो थियो ।जग्गा कित्ताकाँटगरी जग्गा धनी प्रमाण पूर्जा बनाउने प्रयोजनार्थ सेवाग्राहीसँग उनीहरूले घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारले अनुसन्धान शुरू गरेको थियो ।५जनाउपर घुस लिई भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।
अख्तियारले नापी सर्भेक्षक यादवसहित ५ जनालाई २०८०।१०।०९ गते सेवाग्राहीबाट २ लाख ५० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।त्यस्तै सर्वेक्षक यादवले सेवाग्राहीसँग जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाण पूर्जा बनाई दिएवापत २ लाख ५० हजार घुस माग गरेकोमा उक्त घुस रकममध्ये जग्गा कित्ताकाट गर्ने गराउने प्रयोजनको लागि एक लाख ५० हजार रुपैयाँ रकम बिचौलिया विनोद अधिकारीलाई लिन लगाई लिएको अनुसन्धानबाट खुलेको छ ।