८ मंसिर २०८१, शनिबार

सिरहा:वार्षिकोत्सबमा बृहत रक्तदान कार्यक्रम ,४४ जनाले गरे रक्तदान


दिवेश कुमार महतो, जनकपुरधाम। लहान प्राविधिक शिक्षालय लहान सिरहाको आयोजना तथा वल्ड फर नेपालको सहयोगमा बृहत रक्तदान कार्यक्रम सम्पन भएको छ। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सानोठिमी भक्तपुरको ३६औं वार्षिकोत्सवको अवसर लहान प्राविधिक शिक्षालयको प्रमुख ई. रामनारायण चौधरीको अध्यक्षतामा शिक्षालयको प्राङ्गणभित्र बृहत रक्तदान कार्यक्रम आयोजना गरी वार्षिकोत्सब मनाइएको छ।

“सेवा नै धर्म हो” रक्तदान जिवनदान मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटी लहान उप-शाखाको प्राविधिक सहयोगमा रखिएको रक्तदान कार्यक्रममा ३७ पुरुष र ६ महिला गरी ४३ जनाले रक्तदान गरेको थिएँ। सहभागी रक्तदाताहरुलाई लहान प्राविधिक शिक्षालयले प्रमाण पत्र सहित धन्यवाद ज्ञापन गरेका थिए। हरेक कार्यक्रममा रक्तदान जस्तो कार्यक्रम राखिनुपर्छ।

रक्तदान बारे सबै सचेत हुनुपर्छ। ” कलेजहरुमा आयोजना भईरहेको कार्यक्रमहरुभित्र हामीले रगत बारे सचेतना जगाउँदै आएको वल्ड फर सिरहा टिमका संयोजक संतोष यादब बताउँछन्। ब्लड फर नेपाल विगत लामो समयदेखि रगतको विषयमा काम गरिरहेको र विधालय – विधालयमा रगत को विषय,रगतको महत्व र रगत बारे बिधमान अवस्थाहरु बारे जानकारी गराउदै जनचेतनामुलक कार्यक्रमहरु गर्दै आएको छ। रगतको आपुर्ती हुन नदिन र रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर देशका विभिन्न ठाउँहरूमा ब्लड फर नेपालले समुह बनाएर काम गर्दै आएको छ।