८ कार्तिक २०८३, शनिबार Saturday, October 24, 2026

बंगलादेशको अति सङ्कटमा परेका एसियाली हात्तीहरूले अदालतको सुरक्षा पाए


बंगलादेशको गम्भीर खतरामा परेका जङ्गली हात्तीहरूलाई पाल्न प्रतिबन्ध लगाएर उनीहरूलाई शोषणबाट जोगाउन अदालतले आदेश दिएको छ । त्यहाँको उच्च अदालतले हात्ती पाल्ने इजाजतपत्र खारेज गरेसँगै एसियाली युवा हात्तीहरूलाई अब कब्जामा लिन र बन्दी बनाउन नपाइने भएको बीबीसीले जनाएको छ ।

यसअघि हात्तीहरुलाई घरमा पालेर सामान ओसारपसारमा प्रयोग गर्न सकिने इजाजतपत्र जारी भएकामा हात्तीहरुको शोषण बढ्न थालेपछि अदालतले इजाजतपत्र खारेज गरेको हो । पशु अधिकारवादी समूहले अदालतको निर्णयलाई स्वागत गरेका खबरमा उल्लेख छ । बंगलादेशमा मानिसहरुले हात्तीलाई पैसा माग्न र सर्कस वा सडक प्रदर्शनका लागि प्रयोग गर्दै आएका थिए ।

बंगलादेशमा अहिले झण्डै दुई सय वटा हात्तीहरू छन् जसमध्ये आधाजति कैदमा रहेका छन् । बंगलादेश एसियाली हात्तीहरूको लागि प्रमुख बासस्थान भए पनि चोरी शिकारी र बासस्थानको क्षतिले तिनीहरूको सङ्ख्यामा उल्लेखनीय कमी आएको छ ।

ताजा समाचार