८ कार्तिक २०८३, शनिबार Saturday, October 24, 2026

बंगलादेशकाे एक व्यावसायिक भवनमा आगलागी, ४४ जनाको मृत्यु


बंगलादेशको राजधानी ढाकामा साततले भवनमा रहेको एक रेस्टुरेन्टमा आगलागी हुँदा ४४ जनाको मृत्यु भएको छ। सो आगलागीमा २२ जना गम्भीर घाइते भएका छन्।

उक्त भवनबाट ७५ जनाको सकुशल उद्धार गरिएकाे छ। सो रेस्टुरेन्टबाट सल्केको आगो त्यही तलामा रहेका अरू रेस्टुरेन्ट, कपडा पसल र मोबाइल पसलमा समेत पुगेको थियो। ग्यास लिक भएर आगो सल्केको हुन सक्ने आशंका गरिएको छ। भर्‍याङसहित सबै तलामा असुरक्षित तरिकाले ग्यास सिलिन्डर राखेकाले क्षति धेरै भएको बताइएको छ।

ताजा समाचार