९ मंसिर २०८१, आईतवार

क्रिमियामा ३८ वटा युक्रेनी ड्रोन खसालेको रुसको दाबी, तेल भण्डार नजिकै विस्फोट


रुसले क्रिमियामा आक्रमण गरेका ३८ वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ । एउटा भिडियो फुटेजले क्रिमियामा तेल डिपो नजिकै विस्फोट भएको देखाएको बीबीसीले जनाएको छ ।

विस्फोटका कारण रुस र क्रिमिया जोड्ने केर्च ब्रिज केही समयका लागि बन्द भएको थियो । यसबाहेक ड्रोन आक्रमणबाट कुनै क्षति नभएको रुसको भनाइ छ । तर युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा एक जनाको ज्यान गएको र तीन जना घाइते भएका छन् ।

अस्ति शनिवार रुसले युक्रेनी शहर ओडेसाको आवासीय क्षेत्रमा ड्रोन आक्रमण गर्दा १० जनाको ज्यान गएको थियो । युक्रेनले पश्चिमी देशहरूलाई हतियारको आपूर्ति बढाउन लगातार अपिल गरिरहेको बेला यो आक्रमण भएको खबरमा उल्लेख छ ।

पछिल्लो समय रुसी सेना युक्रेनी मोर्चाभन्दा बलियो रूपमा प्रस्तुत भई आक्रमण गरिरहँदा युक्रेनको किभले पश्चिमी हतियारहरूको सहयोगमा तिनीहरूलाई रोक्न प्रयास गरिरहेको छ ।

गएको महिना मात्र रुसी सेनाले युक्रेनको महत्त्वपूर्ण पूर्वी शहर अदिभका कब्जा गरेको थियो । हिजो रुसले दक्षिणी खेरसन क्षेत्रलाई निसाना बनाएको थियो ।