परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण रद्द भएको छ । फिनल्यान्डकाे हेल्सिन्कीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन गए राति परराष्ट्रमन्त्री साउद त्यसतर्फ जाने तयारीमा हुनुहुन्थ्यो । तर अन्तिम समयमा भ्रमण रद्द भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
परराष्ट्र मन्त्रालयले ‘विशेष परिस्थिति’ भएको कारण देखाउँदै भ्रमण स्थगित भएको जनाएको छ । तर सत्ता गठबन्धनमा समस्या देखिएसँगै साउदको फिनल्यान्ड भ्रमण स्थगित भएको बुझिएको छ ।
गठबन्धनमा सङ्कट देखेपछि कांग्रेस सभापति शेरबहादुर देउवा मन्त्री हेरफेरका लागि तयार हुनुभएको छ । गठबन्धनको बैठक आज बस्दैछ ।