७ कार्तिक २०८३, शुक्रबार Friday, October 23, 2026

सार्वजनिक खरिद नियमावली १३ औँ संशोधनलाई निर्माण व्यवसायी महासङ्घबाट आंशिक स्वागत


सार्वजनिक खरिद नियमावली १३ औँ संशोधनलाई नेपाल निर्माण व्यवसायी महासङ्घले आंशिक स्वागत गरेको छ । सरकारले अस्ति प्रकाशित गरेको १३ औँ संशोधनले सबै माग पूरा नगरेकोले पूर्ण समर्थन गर्न नसकिने महासङ्घले जनाएको हो ।

नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालले साउनमा आन्दोलन गरेपछि सरकारसँग भएको सहमतिको ८ महिनापछि म्याद थपको मागका रुपमा सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधन भएको बताउनुभयो ।

सरकारले निर्माण व्यवसायीसँग गएको साउनमा गरेका सबै मागहरु पूरा भएपछि मात्रै महासङ्घले सरकारको कामलाई पूर्ण स्वागत गर्ने उहाँले बताउनुभयो । नयाँ सरकारले निर्माण व्यवसायीमैत्री नीति बनाउन आवश्यक रहेकोमा महासचिव दाहालको जोड छ ।

सरकारले निर्माण व्यवसायीको दबाबमा संशोधन गरेको सार्वजनिक खरिद नियमावलीअनुसार आयोजनाहरूमा आवश्यकताअनुसार म्याद गरिने भएको छ । संशोधित नियमावलीअुनसार समयमा काम सम्पन्न नभएका तथा काम चालु अवस्थामा रहेका देशभरका आयोजनाको म्याद थप हुनेछ ।

संशोधित नियमावलीमा आयोजनाको निर्माण गरिरहेको निर्माण व्यवसायीले माग गरेअनुसार नै समय थप हुनेछ । साथै के कारणले तोकिएको समयमा काम सम्पन्न हुन नसकेको हो कारण खुलाएर म्याद थप माग्नुपर्नेछ ।

थप आर्थिक दाबी नगर्ने प्रतिबद्धतासहित म्याद थपको सयम माग गर्न सकिनेछ भने नियम जारी भएको मितिले ३० दिनभित्र निवेदन दिनुपर्नेछ । यसअनुसार आउँदो चैत २० भित्र म्याद थपको निवेदन दिनुपर्ने छ ।

ताजा समाचार