५ कार्तिक २०८३, बुधबार Wednesday, October 21, 2026

नेपाल राष्ट्र बैङ्कले आठ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने


आन्तरिक ऋण उठाउने प्रयोजनका लागि नेपाल राष्ट्र बैङ्कले आठ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्न लागेको छ । विकास ऋणपत्र बिक्रीका लागि नेपाल राष्ट्र बैङ्कले सूचना आह्वान गरेको हो ।ऋणपत्रका लागि आउँदो मङ्गलवारसम्म बोलकबोल गर्न सकिने राष्ट्र बैङ्कको सूचनामा उल्लेख छ ।

राष्ट्र बैङ्कले फागुन ३० गते बुधवार ऋणपत्र बिक्री जारी गर्ने जनाएको छ । ऋणपत्रको परिपक्व अवधि ८ वर्ष छ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । ऋणपत्र बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।

यो ऋणपत्र धितो राखेर बैङ्क तथा वित्तीय संस्था र राष्ट्र बैङ्कबाट ऋण लिन सकिन्छ भने ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ । ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाइ ५० हजारले भाग जाने अङ्कमा लगानी गर्न सकिने राष्ट्र बैङ्कको सूचनामा उल्लेख छ ।

ताजा समाचार