९ मंसिर २०८१, आईतवार

अबिरल बर्षाले बडिमालिका ७ का दर्जनौ घरपरिवार पहिरोको जोखिममा ।


 

आइतबारराति आएको अबिरल बर्षाका कारण बाजुराको बडिमालिका नगरपालिका ७ ढम्कनेका दर्जनौ घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन । घर वरिपरि अबिरल बर्षाले जमिन पुरै बगाएपछि दर्जनौ घरपरिवार पहिरोको जोखिमा परेको वडा अध्यक्ष धर्मराज पाध्यायले बताउनुभएको छ ।
अबिरल बर्षाले कुनै मानविय क्षति नभएपनि दर्जनौ घर पहिरोका जोखिमा पर्नुका साथै सार्वजनिक भौतिक सम्पति तथा पुर्वाधारमा ठुलो क्षेति भएको वडा अध्यक्ष पाध्यायले बताउनुभयो । अहिले घटना स्थलमा प्रहरी तथा जनप्रतिनिधिहरुको टोली परिचालन भएको छ ।

आलुको भण्डारण केन्द्र नजिक रहको दलित बस्ती पुरै बिस्थापित भएको वडाअध्यक्ष पाध्यायले बताउनुभयो । बर्षायाममा हुने प्राकृतिक प्रकोप जन्य घटनाहरुबाट सुरक्षित रहन वडा अध्यक्ष पाध्यायले वडाबासीलाई अनुरोध गर्नुभएको छ । क्षतीको एकिन बिवरण भने आउन बाकी रहेको छ ।