७ कार्तिक २०८३, शुक्रबार Friday, October 23, 2026

अफगानिस्तानको कान्दाहारमा भएको आत्मघाती बम विस्फोटको जिम्मा आईएसले लियाे


अफगानिस्तानको दक्षिणी सहर कान्दाहारमा भएको आत्मघाती बम विस्फोटको जिम्मेवारी विद्रोही समूह इस्लामिक स्टेट (आईएस) ले लिएको छ ।

हिजो भएको बम विस्फोटमा कम्तीमा २१ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । अफगानिस्तानको तालिबान सरकारले कान्दाहार शहरको बैंकमा आत्मघाती बम विष्फोट भएको बताएको छ । आईएसले बम विष्फोटको जिम्मेवारी लिँदै तालिबान लक्षित आक्रमण गरेको बताएको छ ।

आईएसको समाचार एजेन्सी अमाकले आक्रमणकारीले झन्डै एक सय ५० तालिबानी सदस्यबीच विस्फोटक पदार्थ विस्फोट गराएको बताएको खबरमा उल्लेख छ । यो अफगानिस्तानमा यस वर्षको सबैभन्दा ठूलो विस्फोट हो ।  सरकारी कर्मचारी तलब लिन लाइनमा उभिरहेका बेला बैंकको शाखामा बम विष्फोट भएको हो ।

तालिबान सरकारले ज्यान गुमाउनेको सङ्ख्या तीन जनामात्रै भने पनि कान्दाहारको सबैभन्दा ठूलो अस्पताल मिरवाइसका एक डाक्टरले विस्फोटमा २१ जनाको ज्यान गएको र कम्तीमा ५० जना घाइते भएको बताएका छन् ।

तालिबानका सर्वोच्च कमान्डर बस्ने कान्दाहार सहर तालिबानको शक्तिको केन्द्र मानिन्छ ।

ताजा समाचार