९ कार्तिक २०८३, आईतवार Sunday, October 25, 2026

च्याउ टिप्न गएका तीन जना बालक डढेलाेबाट सल्किएकाे आगाेमा परेर घाइते


डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ रङ्गमा डढेलोबाट सल्किएको आगोमा परेर तीन जना बालक घाइते भएका छन् । आगाेमा परेर १०, १२ र १३ वर्षका तीन जना बालक घाइते भएका डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज दिउँसो घर नजिकै रहेको सामुदायिक वनमा च्याउ टिप्न गएका उनीहरू डढेलोमा परेका थिए । घाइते उनीहरूको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको छ । थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज लैजाने प्रयास भए पनि मौसमका कारण आजलाई सम्भव नभएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनुभयो ।

डोल्पामा गएको सोमवार मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको ज्यान गएको थियो । घाइते एक जनाको कीर्तिपुरमा उपचार भइरहेको छ ।

ताजा समाचार