८ कार्तिक २०८३, शनिबार Saturday, October 24, 2026

युक्रेनको राजधानी किभमा रहेको ठूलो विद्युत केन्द्रमा रुसको आक्रमण


रुसले युक्रेनको राजधानी किभमा रहेको ठूलो विद्युत केन्द्र, ट्रिपिल्या पावर प्लान्टमा आक्रमण गरी पूर्ण नष्ट गरेको छ । राजधानी किभसहित युक्रेनको तीन ठूला शहरमा बिजुली पुर्याईरहेको विद्युत् केन्द्रमा क्षति पुगेको एउटा ठूलो पावर प्लान्टमा आक्रमण भएको ऊर्जा कम्पनी सेन्टर एनर्गोले पुष्टि गरेको छ । आक्रमणका कारण विनाशको मात्रा डरलाग्दो रहेको कम्पनीले  जनाएको बीबीसीको खबरमा उल्लेख छ ।

रुसले लामो समयदेखि युक्रेनको ऊर्जा प्रणालीलाई जानाजानी आक्रमणको निशाना बनाउँदै आएको छ । रुसले हिजो गरेको आक्रमणमा ट्रान्सफर्मर, टर्बाइन, जेनेरेटरमा क्षति पुग्नुका साथै पावर प्लान्ट पूर्ण रूपमा नष्ट भएको हो । हिजो बिहान रुसले युक्रेनका विभिन्न क्षेत्रमा भएका विद्युत् केन्द्रलाई निशाना बनाएर ८० भन्दा बढी मिसाइल र ड्रोन आक्रमण गरेको थियो ।

ताजा समाचार