६ कार्तिक २०८३, बिहीबार Thursday, October 22, 2026

हिमाल आरोहण अनुमति वापत ४२ करोड १२ लाख रोयल्टी सङ्कलन


वसन्तयाममा हिमाल आरोहणका लागि अनुमति दिएवापत् सरकारले ४२ करोड १२ लाख रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ ।

हिजोसम्म २१ वटा हिमालका लागि पाँच सय ७३ जनालाई अनुमति दिंदा ४२ करोड १२ लाख ७८ हजार रुपैयाँ रोयल्टी सङ्कलन भएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो ।

सगरमाथाबाट मात्रै ३७ करोड ६६ लाख रुपैयाँ सङ्कलन भएको छ । अनुमति लिएका २१ वटा हिमालमध्ये वसन्तयामका लागि सबैभन्दा धेरै सगरमाथामा दुई सय ६४ जनाले अनुमति लिएका छन् ।

ताजा समाचार