८ कार्तिक २०८३, शनिबार Saturday, October 24, 2026

पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज


नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवम् नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको आज २५ औँ स्मृति दिवस । उहाँको स्मृतिमा एमालेले विभिन्न कार्यक्रम गर्दैछ । वि.सं.१९७८ सालमा काठमाण्डौमा जन्मनुभएका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो ।

अधिकारी २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री बन्नुभएको थियो । अधिकारी नेतृत्वको सरकारले नै बृद्धभत्ता वितरण गर्न शुरु गरेको थियो । एक सय रुपैयाँबाट शुरु भएको बृद्ध भत्ता अहिले चार हजार रूपैयाँ पुगेको छ । नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनको पहिलो पुस्ताका व्यक्तित्व रुपमा मनमोहनलाई चिनिन्छ ।

अङ्ग्रेजविरूद्धको भारतीय स्वतन्त्रता सङ्ग्राममा समेत भाग लिएका अधिकारीले २००३ सालमा विराटनगरमा भएको ऐतिहासिक मजदुर आन्दोलनको नेतृत्व गर्नुभएको थियो ।

 

ताजा समाचार