५ कार्तिक २०८३, बुधबार Wednesday, October 21, 2026

धादिङको थाक्रेमा घरमा आगो लाग्दा वृद्ध दम्पतीको ज्यान गयो


धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडामा रहेको घट्टेखोला भन्ने ठाउँको एउटा घरमा आगलागी हुँदा वृद्ध दम्पतीको ज्यान गएको छ ।

गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा उहाँ र उहाँकी ७० वर्षीया पत्नी ठूली लामाको ज्यान गएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीले बताउनुभयो ।

आगलागीबाट घरमा भएका अन्नपात र लत्ताकपडा पनि सबै जलेर नष्ट भएको छ ।

ताजा समाचार