९ कार्तिक २०८३, आईतवार Sunday, October 25, 2026

कोरिया भाषा परीक्षाको लागि अब मागको तीन गुणा मात्र आवेदन लिइने


दक्षिण कोरियाले अबदेखि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया भाषा परीक्षाका लागि मागको तीन गुणा मात्रै आवेदन लिने भएको छ । पछिल्लो समयमा ईपीएसमार्फत दक्षिण कोरिया जानेका लागि आवेदन भर्नेको सङ्ख्या धेरै भएको र परीक्षा सम्पन्न गर्न वर्ष दिन लाग्ने अवस्थालाई नियन्त्रण गर्न एचआरडी कोरियाले सीमा तोकेको ईपीएस शाखाले जनाएको छ ।

यस्तै सन् २०२५ देखि कोरियाले लैजाने सबै क्षेत्र (सेक्टर) का लागि एकै पटक आवेदन आह्वान गरिने छ । अहिले कोरियामा विभिन्न चार क्षेत्रमा काम गर्न नेपाली श्रमिक जाने गरेका छन । त्यसका लागि फरक फरक समयमा आवेदन आह्वान गर्ने गरिएको छ । यसले गर्दा कोरियन भाषा पढेर कोरिया जान तयार रहेकाहरूले सबै क्षेत्रमा आवेदन दिने गरेका छन् ।

ईपीएस शाखाले सन् २०२५ देखि भने वर्षको एक पटक सबै क्षेत्रका लागि आवेदन आह्वान गर्ने र एउटा व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउने व्यवस्था गर्ने भएको छ ।

ताजा समाचार