६ कार्तिक २०८३, बिहीबार Thursday, October 22, 2026

नार्कको वार्षिकोत्सवको अवसरमा पनौतीमा बाली उपचार शिविर


नेपाल कृषि अनुसन्धान परिषद् नार्कको ३३ औँ वार्षिकोत्सवको अवसरमा काभ्रेको पनौतीमा एक दिने बाली उपचार शिविर तथा वैज्ञानिक र किसानबीच अन्तरकृया कार्यक्रम सञ्चालन गरिएको छ । राष्ट्रिय कीट विज्ञान अनुसन्धान कार्यक्रम, खुमलटारको आयोजना र राष्ट्रिय बाली रोग बिज्ञान अनुसन्धान केन्द्र, खुमलटार एवम् पनौती नगरपालिकाको सह–आयोजनामा सञ्चालित कार्यक्रममा पनौती वरपरका ४० किसानको सहभागिता थियो ।

कार्यक्रममा किसानले सोधेका रोग र कीराका समस्याको समाधानका उपायहरूबारे नार्कका बैज्ञानिकहरूले जानकारी दिएका थिए । बैज्ञानिकहरूले शिविरमै नमूनाको जाँच गरी आवश्यक सल्लाह दिएका नार्कले जनाएको छ ।

ताजा समाचार