८ मंसिर २०८१, शनिबार

सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति


जिल्ला अदालत धनुषाले नागरिकतासम्बन्धी मुद्दामा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले हिजो सिरोहियालाई थप तीन हिरासतमा राखेर अनुसन्धन्धान गर्न अनुमति दिएको हो ।

धनुषा अदालतको पाँच नम्बर इजलासमा पक्ष–विपक्षका वकिलहरूको बहसपछि यस्तो आदेश दिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो । वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, शेरबहादुर केसी, गोविन्द शर्मा बन्दी र टिकाराम भट्टराई तथा अधिवक्ताहरु रमणकुमार कर्ण, किशोर पौडेल र दीपेन्द्र झाले सिरोहियाको पक्षमा बहस गर्नुभएको थियो ।

प्रहरीले सिरोहियालाई  गएको मङ्गलबार पक्राउ गरेको थियो । दोहोरो नागरिकता लिएको भन्दै प्रहरीमा उजुरी परेपछि सिरोहियामाथि अनुसन्धान शुरु भएको हो ।