सरकारले आउँदाे आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर ६ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ ।
अर्थमन्त्री वर्षमान पुनले आज आउँदाे आर्थिक वर्षकाे बजेट प्रस्तुत गर्दै बजेटको कार्यान्वयनबाट आर्थिक गतिविधिमा तीव्रता आउने र उत्पादन वृद्धि तथा रोजगारी सृजना भई दिगो, फराकिलो एवम् समावेशी आर्थिक वृद्धि हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।
बजेटमा प्रस्ताव गरेको राजस्वसम्बन्धी नीति तथा कार्यक्रमको कार्यान्वयनबाट राजस्वको आधार तथा दायरा विस्तार हुने, आर्थिक क्रियाकलाप र लगानीमंत्री कर प्रणाली स्थापित भई आन्तरिक राजस्व परिचालन सुदृढ हुँदै जाने उहाँकाे भनाइ छ ।
यस्तै आउँदाे आर्थिक वर्ष मूल्यवृद्धि ५ दशमलव ५ प्रतिशतमा सीमित राख्ने लक्ष्य बजेटले लिएको छ । अर्थमन्त्री पुनले बजेटले आर्थिक सुधार कार्यक्रम कार्यान्वयन हुने दाबीसमेत गर्नुभयो ।