८ कार्तिक २०८३, शनिबार Saturday, October 24, 2026

चीनमा सय दिने भर्ती अभियान शुरु


चीनको मानव संशाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले स्नातक तह सकेका विद्यार्थीलाई लक्षित गरी एक करोडभन्दा बढी रोजगारी उपलब्ध गराउने उद्देश्यले सय दिने भर्ती अभियान शुरु गरेको छ । अभियानको पहिलो हप्तामा चारवटा अनलाइन रोजगार मेलाहरू हुनेछन् ।

यसमा लगभग २६ हजार रोजगारदाताले इन्टरनेट, स्वास्थ्य सेवा, वित्त, ऊर्जा र उत्पादन क्षेत्रमा दुई लाख ५९ हजार रोजगारीको अवसर प्रदान गर्ने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यस वर्ष चीनमा एक करोड १७ लाखभन्दा धेरै विद्यार्थीहरूले स्नातक गर्न लागेका सन् २०२४ को सरकारी कार्य प्रतिवेदनमा उल्लेख  छ ।

युवा लक्षित रोजगारी प्रवर्द्धन गर्न र उनीहरूलाई जागिर सुरक्षित गर्न वा व्यवसाय शुरु गर्न मद्दत गर्न अझ राम्रो मार्गदर्शन र सेवाहरू प्रदान गर्न आवश्यक रहेको प्रतिवेदनले औल्याएको छ  ।

ताजा समाचार