८ मंसिर २०८१, शनिबार

वैशाखमा बैंकहरुको नाफा ८ अर्ब रुपैयाँ


वाणिज्य बैंकहरुले वैशाख महिनामा करिब ८ अर्ब रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको मासिक विवरणअनुसार वैशाख महिनामा २० वटा बैंकले कुल ७ अर्ब ९२ करोड रुपैयाँ नाफा कमाएका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको १० महिनामा बैंकहरुले ४८ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएका छन् । अरु महिनाहरुको तुलनामा वैशाखमा नाफा बढेको छ । वैशाखसम्ममा नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको छ ।

यस्तै ग्लोबल आइएमई बैंकले ४ अर्ब १२ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ७७ करोड रुपैयाँ र प्राइम बैंकले ३ अर्ब २२ करोड रुपैयाँ नाफा कमाएका छन् । अरु बैंकहरुको नाफा ३ अर्बभन्दा कम छ । नेपाल बैंकबाहेक अरु सबै बैकले १ अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाएका छन् । नेपाल बैंकले वैशाखसम्ममा ५९ करोड रुपैयाँ मात्रै नाफा कमाएको छ ।

अधिक तरलताले ब्याज आम्दानी बढ्न नसक्दा र कर्जा नोक्सानी व्यवस्था बढ्दा वाणिज्य बैंकहरूको नाफा नै प्रभावित बनेको छ ।