पाल्पामा चट्याङ लागेर प्रधानाध्यापकको ज्यान गएको छ । रैनादेवीछहरा गाउँपालिका–३ डाडागाउँको जनप्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक ५६ वर्षीय बिमलप्रसाद पन्तको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
हिजो बेलुका घरमै बसिरहेको बेला चट्याङ लागेर घाइते भएका उहाँलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास तानसेन पुर्याइएको थियो । डाक्टरले उहाँलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।