६ मंसिर २०८१, बिहीबार

पाँचथरमा टिपर पल्टिँदा दुई जना घाइते, एक जनाको अवस्था गम्भीर ।


पाँचथरको हिलिहाङ गाउँपालिका–७ मा टिपर पल्टिँदा दुई जना घाइते भएका छन् । मेची राजमार्गको पाँचथर खण्डअन्तर्गत जोरपोखरीदेखि फिदिम आउँदै गरेको प्रदेश ०१–०२००१ क ३८७४ नम्बरको टिपर आइतवार बिहान ११ बजे दुर्घटना भएको हो ।

घाइते हुनेहरूमा चालक भोजपुरको षडानन्द नगरपालिका–१३ का रिनछिरिङ तामाङ र सहचालक सङ्खुवासभाका विक्रम विश्वकर्मा घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घाइतेमध्ये सहचालक विश्वकर्माको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरी प्रमुख कुलबहादुर बुडाथोकीले बताउनुभयो ।

ओरालो बाटोमा गुडिरहेको टिपर ुब्रेक फेलु भएर पल्टिएको थियो । घाइते दुवै जनालाई उपचारका लागि पाँचथर अस्पताल ल्याइएको छ ।